पुरुषहरुको अन्डकोष किन सुन्निन्छ ? के सेतो आलु खादाँ हाईड्रोशील हुन्छ त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ भाद्र २०७२, बिहीबार १६:३६

केही रोग पुरुषमा विशिष्ट छन् । समान रोगले पनि जैविक अन्तर फरक भएको अवस्थामा वेग्लै प्रभाव देखाउन सक्छ । महिला सुरक्षित रहने तर पुरुषलाई च्याप्ने रोग मध्ये हाइड्रोसिलले अन्डकोष अस्वभाविक रुपमा ठूलो बनाएर जीवन असहज र लजालु बनाउँछ । अन्डकोषमा अन्डग्रन्थी रहने ठाउँमा द्रव भरिँदै गएर यो समस्या उत्पन्न हुन्छ । पुरुषहरुमा अन्डकोष सुन्निने वा बढ्ने या समस्या सामान्य हो र यसलाई क्यान्सरजन्य मानिँदैन ।
andakos-hydrosil
समान्य शल्यक्रियाले निको हुने हाइड्रोसिल समान्यतया एक मात्र अन्डकोषमा उत्पन्न हुन्छ । तर, दुबै अन्डकोष बढ्ने पनि हुनसक्छ । हाइड्रोसिलले पीडा नहुने र देखिने कुनै स्पष्ट कारण नभई हाइड्रोसिल उत्पन्न हुने सम्भावना हुन्छ । प्रत्येक अन्डग्रन्थीलाई एक सुरक्षात्मक तन्तुले घेरेर थोरै मात्रामा चिपचिपे द्रव बनाउँछ । यस द्रवले गर्दा अन्डग्रन्थी स्वतन्त्र रुपमा अन्डकोष भित्र चलायमान हुन्छन् ।

वीर अस्पतालका प्रमुख युरोलोजिस्ट डा. राकेश वर्माका अनुसार नेपाली पुरुषहरुमा हाइड्रोसिल समस्या धेरै छ । वीर अस्पतालमा हुने कुल शल्यक्रियामा हाइड्रोसिल हर्नियाको मामिला लगभग पाँच प्रतिशत हुन्छ । युरोलोजी विभागमा जाँच गराउनेहरुको संख्या अलग छ । नेपालमा हाइड्रोसिल रोगीको संख्या धेरै हुनको एक कारण हो– समस्या बढ्दै गएमा मात्र अस्पताल आउन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१