छालाको सुन्दरता बढाउने घरेलु उपाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ भाद्र २०७२, बिहीबार ०६:५१

सामान्यतया मानिसहरुको छाला ४ किसिमको हुन्छ। सुख्खा, सामान्य, चिल्लो र मिश्रित । छालाअनुसार यसको हेरविचारमा ध्यान नपुर्‍याउनाले छालामा थुप्रै समस्याहरु आइपर्छन्।

यो गर्मी र वर्षा खासगरी चिल्लो छाला भएकाहरुलाई धेरै समस्या हुन्छ। अनुहारमा प्रशस्त मात्रामा तेल निस्कने, डण्डीफोर आउने, धुलो र मैलोले गर्दा काला तथा सेता खीलहरु बस्ने आदीजस्ता समस्याहरु आइपर्छन्।

यस्ता समस्याहरुको झट्टै समाधान नभएपनि निरन्तररुपमा हेरविचार गरेदेखि छाला चम्किलो, सुन्दर र जवान राख्न मद्दत पुग्छ।
clear-face
चिल्लो छालाको स्याहारका निम्ति केही घरेलु उपायहरु यसप्रकार रहेका छन्।

१. अनुहारलाई सफा पानी र ओयल फ्रि फेसवास वा सावुनले दिनको २/३ पटक धुने। विशेष गरी राती सुत्नु अगाडि मुख धुनै पर्छ। मुख धोइसकेपछि टोनर लगाउनुपर्छ।

२. कम्तीमा पनि हप्ताको दुईपटक स्क्रब गर्ने। स्क्रबका लागि चिनी, बेकिङ पाउडर, पिसेको मुसुरो, वेसन वा चामलको पीठो आदी प्रयोग गर्न सेकिन्छ। स्क्रब गर्नाले अनुहारका खीलहरु कम हुँदै जान्छन्।

३. त्यस्तै हप्ताको एकपटक फेसप्याकहरु लगाउने। मुलतानी माटो, निम, अण्डाको सेतो भाग, सुन्तलाको बोक्राको पाउडर आदी चिल्लो छालाका लागि फाइदा गर्ने फेसप्याकहरु हुन्।

४. यसका साथै कागती, मह, घिउकुमारी, दही, टमाटर, काँक्राको रस अनुहारमा लगाउने र २ मिनेट जति मसाज गरेर १५ देखि २० मिनेट राखेर धुने गर्नाले अनुहारमा चमक आउनुका साथै डण्डीफोरका दाग धब्बा र अनुहारको अधिक तेल पनि कम हुँदै जान्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१