बिहान छिट्टै नुहाउनाले हुने १० फाईदाहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७२, बुधबार ०६:२८

6b4ee06981c2419e4ab4b28bdcc6eba0राम्रो स्वास्थ्यको लागी दिनदिनै नुहाउनु आवश्यक हुन्छ । यो कुरा त सबैलाई थाहा छ, तर बिहान छिट्टै नुहाउनुका १० बेग्ला बेग्लै फाईदाहरु छन् यो कुरा भने कम मानिषलाई मात्र थाहा छ । यहाँ एउटा श्लोकको अनुसार बिहान छिट्टै नुहाउनाले हुने १० फाईदाहरु यसप्रकार छन् ।
यो श्लोकमा लेखिएको छ, बिहान छिट्टै नुहाएर प्राप्त हुने १० फाईदा
गुणा दश स्नान परस्य साधो रूपञ्च तेजश्च बलं च शौचम्।
आयुष्यमारोग्यमलोलुपत्वं दुस्स्वप्रनाशश्च यशश्च मेधास्।
१। यो श्लोकको अनुसार जो मानिष बिहान छिट्टै नुहाउँछ, उसलाई पहिलो फाईदा यो मिल्दछ की उ सदैव सुन्दर बन्छ । यस्ता मानिष लामो समयसम्म जवान रहन्छन ।
२। यस्तो नुहाईबाट ब्यक्तिको छालाको आकर्षणमा बृद्धि हुन्छ ।
३। बिहान छिट्टै नुहाउनको शरिर शक्तिशाली बन्छ । रोगसँग लड्ने सक्ने क्षमता बढ्छ र मौषम परिवर्तनसँगै हुने बिमारीहरुबाट बचिन्छ ।
४। बिहान चाँडै नुहाउनको लागी चाँडै उठ्नुपर्ने हुन्छ, यसकारण पनि बैचारिक पवित्रता बढ्छ । गलत बिचार नष्ट हुन्छ ।
५। बिहान नुहाएमा रोग प्रतिरोधी क्षमतामा बृद्धि हुन्छ, यसकारण राम्रो स्वास्थ्यलाभ प्राप्त हुन्छ ।
६। बिहान चाँडै उठ्यो भने मानसिक शक्तिमा पनि बृद्धि हुन्छ, बुद्धिको बिकासले परिस्थीति अनुसार सहि निर्णय लिने क्षमता पनि बढ्छ ।
७। जो मानिष बिहान बिहान सुतिरहन्छ, उसले नराम्रो सपनाको सामना गर्नुपर्छ । ब्रह्म मुहूर्तमा ओच्छ्यान छोड्नाले अशुद्ध बिचार र नराम्रो सपनाबाट मुक्ति पाईन्छ ।
८। बिहान चाँडै उठ्ने र चाँडै नुहाउनेहरुले तत्काल प्राप्त गर्ने फाईदा भनेको आलस्य हट्नु हो । आलस्य हटेपछि पुरै दिन काम गर्ने स्फुर्ती जाग्छ ।
९।चाँडै उठियो भने स्वास्थ्य लाभ प्राप्त हुन्छ, यो फाईदा भयो भने हाम्रो आयु पनि बढ्छ ।
१०।शास्त्रको मान्यता के छ भने बिहान सबेरै नुहाउनेको घर–परिवार र समाजमा मान–सम्मान प्राप्त हुन्छ । बिहान सबेरै नुहाईयो भने दिनको सुरुवात पनि छिट्टै नै हुन्छ, काम गर्नको लागी धेरै समय मिल्छ, काम ठिक भयो भने स्वतः सम्मान मिल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१