के तपाईलाई छिटो रिस उठ्ने समस्या छ ? यसो गर्नुहोस्….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ श्रावण २०७२, सोमबार ०७:००
angry-coupleके तपाई पनि छिटो रिस उठ्ने समस्याले तनावमा हुनुहुन्छ ? रिस शान्त भएपछि पछुताउनुपर्छ ? यदि पर्छ भने नआत्तिनुहोस ! यस्तो समस्या तपाई हामीलाई मात्रै होइन धेरै लाई हुने गर्छ । यस्तो बानीले धेरै मानिसहरुलाई हानी पनि पुर्याइरहेको हुन्छ ।
अनावश्यक रिसले गर्दा धेरै मानिसको घरबार बिग्रन सक्छ , सम्बन्ध टुट्न सक्छ, करिअरमा धक्का लाग्न सक्छ अनि सामाजिक जिवनमा पनि नराम्रो असर पुग्न सक्छ । त्यसैले यदि तपाइँमा पनि यस्तो बानी छ भने त्यसलाई त्याग्ने उपाय खोज्नुहोस् । रिस किन उठ्छ र त्यसले कस्तो असर पूराउँछ भन्ने विषयमा गम्भीर रुपले सोँच्नु आवश्यक हुन्छ । आज हामी तपाईंलाई रिस शान्त पार्ने केहि तरिका बताउँदैछौँः
लामो स्वास लिनुहोस् : झनक्क रिस उठेको बेलामा लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ ।
मह खानुहोस् : महमा दिमागको गर्मीलाई कम गर्ने क्षमता हुन्छ । यसले डिप्रेशन र तनावबाट मुक्ति दिन्छ ।
आफूलाई मनपर्ने गीत याद गर्नुहोस् : आफूलाई मन परेको गीत याद गर्नुहोस् र त्यसलाई जति आउँछ त्यति गुनगुनाउनाले पनि तपाईंको रिस कम हुने गर्दछ ।
उल्टो गन्ती गर्नुहोस् : जब तपाइलाई रिस उठ्छ तब १० अंक देखि १ अंकसम्म उल्टोबाट गन्न थाल्नुहोस् । विस्तारै गन्नुहोस् । यसो गर्दा तपाइँको दिमाग गणनामा केन्दि्रत हुन्छ र तपाइँले त्यो विषय भुल्नुहुन्छ जसले तपाइँलाई रिस उठाएको छ ।
झ्यालबाट बाहिर हेर्नुहोस् : पाँच मिनेटको लागि झ्यालबाट बाहिर हेर्नुहोस् ।यसरि बाहिर हेरेर कुनै कुरामा केन्द्रि हुनाले रिस क्रमस कम हुदै जान्छ । बाहिर यदि रुख वा हरियाली छ भने राम्रो मानिन्छ ।
आँप खानुहोस् : लिनालूल नामको कम्पाउन्ड आँपमा पाइन्छ जसले स्ट्रेस लेभललाई कम गर्ने गर्दछ ।
अरुको गल्तीलाई माफ गर्न सिक्नुहोस् : कहिलेकाहीँ तपाइँको चित्त दुखाउने मानिसलाई माफी दिनसक्नु तपाइँको महानता हुन्छ । यसले तपाइँलाई मानसिक शान्ति प्रदान गर्छ र रिसको कारक तत्व पनि साम्य हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१