भिडियो एक्सरे सेवा अवरुद्घ हुँदा सेवाग्राही मर्कामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार १५:२१

सम्राट सिंह
बझाङ २८ साउन ।  जिल्ला अस्पताल बझाङमा भिडियो एक्सरे सेवा अवरुद्घ हुँदा सेवाग्राही मर्कामा परेका छन । भिडियो एक्सरे मेसिन बिग्रेको एक साता बितिसक्दा समेत जिल्ला अस्पताल बझाङले मेसिन मर्मतमा ध्यान नदिदा सेवाग्राही मर्कामा परेका हुन ।
विकट हिमाली जिल्ला बझाङकोे जिल्ला अस्पतालमा भिडियो एक्सरे मेसिन बिग्रदा बझाङबासीहरु महङगो शुल्क तिरेर निजि अस्पतालमा भिडियो एक्सरे सेवा लिन बाध्य भएका छन ।
५ दिन हिँडेर भिडियो एक्सरे गर्न जिल्ला अस्पताल आएकी थिए विकट गाविस काँडा घर भएकी खेममती बोहोराले भनिन् सरकारी अस्पतालमा एक्सरे सेवा अवरुद्घ भएकाले महङगो शुल्क तिरेर सदरमुकाम चैनपुरमा रहेको अमिसा अस्पतालमा भिडियो एक्सरे सेवा लिएकी हुँ ।
बझाङ जिल्लामा सरकारीमा जिल्ला अस्पताल र निजिमा अमिसा अस्पताल गरी २ ठाउँमा भिडियो एक्सरे सेवा संञ्चालन हुँदै आएको छ । जिल्ला अस्पताल बझाङले भिडियो एक्सेरे सेवा बाफत ४ सय शुल्क लिने गरेको छ भने निजि अमिसा अस्पताल ले ७ सय शुल्क लिने गरेको छ ।
जिल्ला अस्पताल बझाङमा दैनिक ३० जनाको हाराहारीमा सेवाग्राही आउने गरेको भएपनि भिडियो एक्सेरे सेवा अवरुद्घ हुँदा रित्तो हात घर फर्कने गरेका छन ।
खराबी आएको भिडियो एक्सरे मेसिनको सामान काठमाडौबाट झिकाई सकेकोे जिल्ला अस्पतालका डाक्टर बिर बहादुर थापाले बताए । उनले भने सामान पुग्ने बित्तिकै भिडियो एक्सरे सेवा संञ्चालनमा आउने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१