रेडक्रसलाइ चौलागाईको एक लाख ५ रुपैयाँ सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार १२:३५

बिर्तामोड, २६ साउन । झापाको डाँगीवारी–५ निवासी लोकनाथ चौलागाई  र डिकुरादेवी चौलागाईको नाममाचौलागाई परिवारले नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडमा सञ्चालित रक्तसञ्चार भवन निर्माणका लागि आज मंगलवार एक लाख ५ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमकाबीच लोकनाथ–डिकुरादेवी र छोरा देविन्द्रप्रसाद चौलागाईले रेडक्रसका सल्लाहकार गोपालकुमार बस्नेत, मदन ढकाल र राजकुमार अग्रवाललाई संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरे । चम्लागाईका छोरा–बुहारीहरु प्रेम–सरिता, महेन्द्र–कञ्चन र देविन्द्र–जमुनाको तर्फबाट उक्त रकम प्रदान गरिएको बताइएको छ । ४५ लाख रुपैयाँभन्दा बढीको लागतमा रक्तसञ्चार सेवासहित कार्यालयका लागि रेडक्रस भवनको तेस्रो तला निर्माण अन्तिम चरणमा रहेको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।
उक्त भवनमा गत वर्षदेखि नै रक्त सञ्चार सेवा भने सुचारु भइसकेको छ ।
कार्यक्रममा सभापति शिवाकोटी, सल्लाहकार तथा रेडक्रसकर्मीहरु किरण श्रेष्ठ, उर्मिला खरेल, राजेन्द्र चौलागाई, तारा ढकाल, गोबेन धिमाल लगायतले चम्लागाई परिवारको सहयोगको सह्राहना गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१