योनीको आकार सानो बनाउने तथा पेटको धर्सा हटाउने भन्दै ठगी गरिरहेका युवक पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार ०६:१३
काठमाडौँ ,२६ साउन । राजधानीमा पछिल्लो समय विभिन्न संघसस्थाले भ्रमपूर्ण बिज्ञापन दिएर ग्राहक तथा उपभोक्ता ठग्दै आएका छन् । संस्थाको बोर्ड पनि नराखि केही कर्मचारी राखेर ती संस्थाहरुले वर्षौदेखि ठग्दै आएपनि सम्बन्धित निकाय भने मौन रहेको छ । उनीहरुले विभिन्न संचारमाध्यममा विज्ञापन नै गरेर सर्वसाधारणलाई ठगी गर्ने भाँडोको रुपमा लिएका छन् । मोटोपन बढाउने वा घटाउने औषधी,लिङ्ग बढाउने र योनीको आकार सानो बनाउने तथा पेटको धर्सा हटाउने भन्दै उनीहरुले ठगी गरिरहेका छन् । देशमा बेरोजगारी बढ्दै गएको बेलामा कैयन संस्थाले यस्ता बेरोजगारी ठग्ने धन्दा चलाएका छन्। तर यसमा प्रहरी प्रशासनले निगरानी बढाउन नसक्दा दैनिक कैंयन युवा ठगिन बाध्य भएका छन्। यस्ता संस्थाले दिएका विज्ञापन सञ्चारमाध्यमले सत्यतथ्य नबुझि विभिन्न विज्ञापन निकालेर बेरोजगारी ठग्न प्रोत्साहित गरेको जानकारहरु बताउँछन् । टेलिसप तथा विभिन्न आयुर्वेदिक पसलमा अहिले छ्याप्छ्याप्ती रुपमा लिङ्ग बढाउने, हाइट बढाउने, मोटोपन बढाउने वा घटाउने, योनीको आकार घटाउने खालका औषधीहरु पाइन्छन् ।

औषधी व्यवस्था विभागमा दर्ता नै नभई बजारमा आएका यस्ता औषधीहरुले साइड इफेक्ट समेत गर्ने चिकित्सकहरुले बताएका छन् । तर यस्ता औषधीहरुको विक्री वितरण गर्नेलाई विभागले शसक्त रुपमा कार्वाही गर्न सकेको छैन। कस्मेटीक प्रोडक्ट भन्दै औषधी विभागले यसमा चासो खासै दिएको भेटिदैन । खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले भने यस्ता सामाग्रीलाई औषधी भन्दै यसको कुनै परीक्षण गरेको छैन।विभिन्न पत्रिकामा दैनिक कैयन कामदारको माग गर्दै आकर्षक तलब दिने आश्वासन दिएर पनि सर्वसाधारण ठगिरहेका छन् । कैयन यस्ता संस्थाले बेरोजगार युवालाई फाराम भर्न लगाई चर्काे शुल्क लिने गरेका छन्। फारामको शुल्क असुलेपछि यस्ता संस्थाले कार्यालय नै सारेको बेरोजगार पीडितहरुको गुनासो छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१