अस्थायीलाई स्थायी अनुमतिपत्र दिइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार ११:५१

अस्थायीलाई स्थायी अनुमतिपत्र दिइने

काठमाडौँ ,२५ साउन । अस्थायी अध्यापन अनुमतिपत्र लिएका शिक्षकलाई स्थायी अध्यापन अनुमतिपत्र दिइने भएको छ ।

शिक्षक सेवा आयोगले यसका लागि आज त्यस्ता शिक्षकहरुसँग आवेदन आह्वान गरेको छ ।

आयोगले माध्यमिक तहमा अध्यापन गर्ने प्रयोजनका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिहरुलाई लिखित परीक्षाबाट अस्थायी अध्यापन अनुमतिपत्र प्रदान गरेको थियो । उक्त अस्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका र हाल आएर तालिम पूरा गरेका (एमएड, बीएड वा माध्यमिक शिक्षक १० महिने तालिम पूरा गरेका) व्यक्तिलाई स्थायी अध्यापन अनुमतिपत्र प्रदान गर्न आयोगले आह्वान गरेको छ ।

आयोगले त्यस्ता शिक्षकहरुलाई आगामी भदौ मसान्तभित्र आवेदन दिन भनेको छ ।

आफैले निवेदन दिनुपर्ने, अस्थायी अध्यापन अनुमतिपत्रको सक्कल प्रति पेश गर्नुपर्ने, औपचारिक शिक्षा वा तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने लगायत जानकारी दिइएको छ ।

आवेदन सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयमा बुझाउन सकिने भनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१