कम सुत्नेलाई घुँडा र जोर्नी दुख्ने खतरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार १२:०५

hadहालै गरिएको एक अध्यनले कम सुत्ने ब्यक्तिमा घुँडा तथा जोर्नी दुख्ने समस्या हुन सक्ने देखाएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको स्कुल अफ मेडिसिनमा गरिएको अध्यनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । कम सुत्ने मानिसमा जोर्नी र घुँडा दुख्ने समस्या बढ्दै जान सक्ने उक्त अध्यनको निष्कर्ष छ । दुखाइको बारेमा सोंच्ने र सुत्न नसक्नेहरुमा यस्तो समस्या अझै बढी हुने समेत शोधकर्ताले बताएका छन् । यो अध्यन २०८ जना सहभागीमाथि गरिएको थियो । कम सुत्ने ब्यक्तिहरुमा दुखाइ सम्बन्धि काम गर्ने मस्तिस्कको भाग सक्रिय रहने र त्यसले दुखाइलाई बढाउने समेत पाइयो ।

यो अध्यन जर्नल अफ अमेरिकन कलेज अप र्‍यहूमेटोलोजीमा प्रकाशित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१