बाजुरामा विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७२, शुक्रबार १३:३४

booksबाजुरां, २२ साउन । शैक्षिक सत्र सुरु भएको ४ महिनापछि पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत बाजुराका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । किताब नभएपछि कतिपय विद्यालयका शिक्षकले पुरानो पुस्तकबाट फोटोकपी गरेर अध्यापन गर्नुपरेको छ । किताब अभावमा विद्यार्थी विद्यालय आउनै छाडेको शिक्षकले बताए । पाठ्यपुस्तक नभएर कोल्टीस्थित जनविकास निमाविका शिक्षकले छिमेकी जनप्रकाश उच्चमाविबाट सापटी लिएर फोटोकपी गरी अध्यापन गराउनुपरेको बताए । ‘पुस्तक पसलमा महिनौंदेखि धाए पनि किताब नपाएपछि कोल्टीबाट फोटोकपी ल्याएर अध्यापन गर्दैछौं,’ प्रधानाध्यापक पदमलाल रेग्मीले भने, ‘निमावि तहका पाठ्यपुस्तकको अभाव बढी छ ।’

साप्पाटा गाविसको मण्डाली निमाविका प्रअ मनबहादुर रोकायाले किताब नभएकाले अध्ययनरअध्यापनमा समस्या भएको बताए । ६ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा कुनै विद्यार्थीसित पुस्तक छैन । ‘किताब नभएकाले कतिपय विद्यार्थी स्कुल आउनै छाडे,’ उनले भने । कोल्टी क्षेत्रमा निमावि तहका किताब अभाव भए पनि ८ को पाठ्यपुस्तक जिल्लामै छैन । यसै शैक्षिक सत्रदेखि पाठ्यक्रमसमेत फेरिएकाले ८ का विद्यार्थीलाई निकै समस्या भएको छ । कान्तिपुरबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१