निर्देशन विपरीत शुल्क लिनेमाथि कारवाही हुन्छ : पौडेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७२, बिहीबार १०:१३

 jillaमकवानपुर, २१ साउन । मकवानपुरका जिल्ला शिक्षा अधिकारी गणेश पौडेलले निर्देशन नमानी शुल्क लिने बिद्यालय माथि नियम अनुसार कारवाहि हुने वताउनु भएको छ ।भूकम्पका कारण झण्डै डेढ महिना विद्यालय बन्द भए पनि मकवानपुरका निजी विद्यालयहरुले बन्द समयको समेत शुल्क लिएको अभिभावक हरुले गुनासो गरेको वेला उहाले एस्तो वताउनु भएको हो । ।रेडियो थाहा संचार सँग कुरा गर्दै उहाले मनलागि रुपमा शुल्क असुलेको विषयमा पहिले छुट नदिएका विद्यालयले अन्य महिना लिइने मासिक शुल्क मा भएपनि ५० प्रतिशत छुट दिनु पर्ने वताउनु भयो । भूकम्पका कारण विद्यालय सञ्चालन नभएकोमा अन्य सार्वजनिक विदाको समयमा कक्षा संचालन गरेको भनिरहेका वेला उहाले कुनै वहानामा अधिकार खोस्न नपाउने वताउनु भयो , १५ दिनको शुल्क मिनाहा गर्नुपर्ने सरकार सँग सहमति भएको भन्दै उहाले त्यो पढाउन नपाएको कारण शुल्क नलिएको नभई भुकम्प सँग जोडिएको विषय भएको हुनाले कसैले वहाना वनाउन नपाउने वताउनु भयो । श्रोत ब्यक्ति सहितको संयन्त्र परीचालन भएको ले कसैले छुट नपाएको भए गुनासो गर्न सकिने उहाको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१