रिस उठ्दा के गर्न हुन्छ, के गर्न हुदैन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार ११:०८

रिस उठ्दा शरीरमा यस्तो परिवर्तन हुन्छ, जसले हाम्रो क्रियाकलापमा असर पर्छ । यस्तो वेला गरिने क्रियाकलापले आफूलाई मात्रै होइन, अरूलाई पनि हानि हुन सक्छ । हुन त रिस उठेका वेला भावनालाई नियन्त्रण गर्न निकै गाह्रो हुन्छ । तर, पनि सफल मानिस त्यही हुन्छ, जसले भावनालाई विवेकले नियन्त्रण गर्छ । त्यसैले रिस उठेका वेला केही क्रियाकलाप नगर्न मनोचिकित्सकहरूले सुझाव दिएका छन् । तिनको परिणाम प्रायः हानिकारक हुने उनीहरू बताउँछन् ।

तत्काल नसुत्ने
रिस उठ्दा हामीमा नकारात्मक भावनाले पकड लिन थाल्छ । यसले शरीरमा नकारात्मक असर परिरहेको हुन्छ । त्यसैले रिसको वेलामा सुत्दा यस्तो भावनाले निरन्तरता पाउँछ । त्यसैले रिसलाई नियन्त्रण भएपछि मात्रै सुत्नुपर्छ ।

risगाडी नचलाउने
रिस उठेपछि हामीले वरिपरिका वस्तुलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ । हरेक वस्तुलाई नकारात्मक रूपले हेरिन्छ । यस्तो वेला गाडी चलाउँदा हाम्रो रिस अझ बढ्छ । त्यसले दुर्घटनाको सम्भावना बढाउँछ ।

नखाने
रिस उठेका वेला हुने शारीरिक मानसिक परिवर्तनका कारण कि बढी खाइन्छ, कि कम । उसले हाम्रो पाचन प्रणालीमा असर पर्छ । त्यसैले रिस उठेका वेला खाना खानुहुन्न ।

बहस नगर्ने
रिस उठेका वेला मानिसको दिमागमा असन्तुलन पैदा हुन्छ । यसले उसमा सही वा गलत छुट्याउने क्षमतामा ह्रास हुन्छ । यस्तो वेला बहस गर्दा सही विषयलाई पनि गलत भन्ने वा गलत कुरालाई पनि सही भन्ने खतरा रहन्छ । त्यस्तै अपशब्द प्रयोग गर्ने सम्भावना पनि उत्तिकै रहन्छ । यस्तो बहस पछि आत्मग्लानिमा बदलिन सक्छ । त्यसैले रिस उठेका वेला कुनै पनि बहसमा सामेल हुनुहुन्न ।

कुरा नदोहो¥याउने
रिस उठेका वेला कुरा नदोहो¥याउनुस् । यसले एकातिर रिसको तह बढ्दै जान्छ । अर्कातिर त्यो कुरा गलत भए पनि सही नै हो भन्ने धारणा विकास भइरहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१