पुरुषलाई वियर पिउँदा फाइदै फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार ११:०८

biसाथीभाइसँग बसेर वियर पिउने बानी छ र लत बस्यो भनेर चिन्ता लागेको छ भने पिर नगर्नुस् । अव वियर पिउन तपाइँलाई अर्को बाहाना भेटिएको छ । वियर सेवनले पुरुषलाई धेरै नै फाइदा पुर्‍याउने एक अध्यनले देखाएको छ । डेली मेलमा प्रकाशित शोध अनुसार वियर पिउँदै बिलियर्ड खेलने पुरुषको आयु लामो हुन्छ । यूनिवर्सिटी अफ कोपेनहेगेनका शोधकर्ताहरुले अध्ययनका क्रममा वियर पिउँदै विभिन्न काम गर्ने पुरुष अन्य पुरुषको तुलनामा सक्रिय हुने र उनीहरुको सामाजिक जीवन समेत राम्रो हुने हुँदा यसको सकारात्मक असर आयुमा नै पर्ने निष्कर्ष निकालेका हुन् । शोधकर्ताहरुले पुल वा विलियर्ड खेल्दै वियर पिउने पुरुषलाई तनाम कम हुने र उनीहरुलाई रोग पनि कम लाग्ने समेत देखिएको छ । वियर नपिउने र एकान्तमा रमाउने पुरुष रोगी हुने र उनीहरुको आयु समेत छोंटो हुने शोधकर्ताको दावी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१