ट्रकर्स सँगठनले छनोट गर्‍यो स्वास्थ्य दुत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार ०८:०६

11737175_10207097710503357_525944466_n काठमाण्डौ,३० असार  । नेपाली क्यानेडिएन ट्रकर्स सँगठन क्यानाडाले नेपाल स्थित पहिलो महिला स्वास्थ्य दुत छनोट गरेको छ । सँगठनले नेपालको गुल्मी जिल्लामा महिनावारी स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरी नेपालकै पहिलो महिनावारी सुरक्षित सामग्रीयुक्त जिल्ला गुल्मी घोषणा गर्न सफल महिनावारीको बिषयमा काम गर्दे आइरहेकी सेवा सञ्चार गुल्मीका अध्यक्ष गंगा खड्का लाइ छनोट गरेको छ । संगठनले नेपालभर बाट महिलाको महिनावारी जस्तो चुनौतीपुर्ण बिषयमा आवज उठाएको समाचार तथा महिनावारी सम्बन्धी लेख रचना र कामको आधारमा खड्कालाई स्वास्थ्य दुतमा छनौट गरेको संगठनका अध्यक्ष एनबी टन्डनले बताए । टन्डनका अनुसार नेपालस्थित गँगा खड्कालाइ इमेल मार्फत जानकारी गराइएको बताएको छ । अध्यक्ष टण्डनले क्यानाडामा आफ्नो सँगठनले प्रवासीहरुको रोजगारमा धेरै काम गर्दे आएको र अब नेपालका ग्रामिण बस्तीहरुका महिलाहरुको स्वास्थ्यमा काम गर्ने जानकारी दिए । टण्डनले पहिलो चरणमा गँगा खड्का मार्फत गुल्मीका १० वटा बिद्यालयमा महिनावारी स्वास्थ्य सुरक्षित अन्तर्गत प्राथमिक उपचार बाकसका लागी नेपाली एक लाख रुपयाँ पठाउने निर्णय भैसकेको बताए । आउदो बर्ष सँगठनका प्रतिनिधी गुल्मी मै पुगेर मुल्यांकन र अनुगमन गर्ने समेत बताइएको छ । टण्डनले उत्तरअमेरिका भरी नेपालको पर्यटन प्रर्वद्दृनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दे आएका छन् ।11756580_10207097710543358_1407903195_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१