अमेरिकाले फ्रान्सका राष्ट्रपतिहरुको जासुसी गरेको तथ्य सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १०:२७

एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी एनएसए ले फ्रान्सका पूर्व तथा वर्तमान राष्ट्रपतिहरुको जासुसी गरेको तथ्य सार्वजनिक भएको छ । गोप्य दस्तावेज तथा सूचना सार्वजनिक गर्ने प्रख्यात साईट विकिलिक्सका अनुसार फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराक, निकोलस सारकोजी र वर्तमान राष्ट्रपति फ्रान्कोइस होल्याण्डमाथि एनएसए ले सन् २००६ देखि २०१२ सम्म जासुसी गरेको थियो ।
amiसो क्रममा एनएसए ले फ्रान्सका गोप्य दस्तावेज समेत हात पारेको विकिलिक्सको दाबी छ । विकिलिक्सले पछिल्लो खुलास गर्ने क्रममा एनएसए ले प्राप्त गरेको केही दस्तावेज आफुसंग समेत रहेको उल्लेख गरेको छ । सो दस्तावेजमा सन् २०१२ मा होल्यान्डले ग्रीस यूरोजनबाट बाहिरिन सक्ने सम्भावनाबारे बताएको उल्लेख रहेको विकिलिक्सले जनाएको छ । यस्तै, सन् २०११ मा फ्रान्सका तत्कालिन राष्ट्रपति निकोलस साराकोजीले अमेरीकाको संलग्नता विना इजरायल र प्यालेष्टाइनबीच शान्ति वार्ता गराउन चाहेको दस्तावेजमा उल्लेख गरिएको छ । विकिलिक्सको पछिल्लो खुलासाबारे अमेरीकाले आफ्नो धारणा सार्वजनिक गरेको छैन । यसअघि एनएसए ले जर्मन चान्सलर एङ्गेला मर्केलमाथि पनि जासुसी गरेको आरोप लागेको थियो । यद्यपी सोबारे आधिकारीक तथ्य फेला पार्न नसकेको भन्दै जर्मनीले अमेरीकालाई कुनै कारबाही गरेको थिएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१