मोटरसाइकल दुर्घटना हुँदा अमेरिकामा एक नेपाली महिलाको मृत्यू

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७२, बुधबार १२:०७

motorअमेरिका,९ असार । अमेरिकाको टेक्सास शहर ह्युस्टनस्तिथ चिम्नी रकमा मोटरसाइकल दुर्घटनामा परि एक नेपाली महिला इन्द्र कुमारी सुबेदीको मृत्यु भएको छ। साथै उक्त घटनामा दुई नेपालीहरु समेत भएका बताइएको छ ।

बेलुका पख घुम्न निस्केको बेला बस स्टेसनमा अनियन्त्रित मोटर सडकबाट बाहिर आउँदा घटना भएको ह्युस्टनबाट नारायण हरि पाण्डेले जानकारी दिए । घाईते भएका दुई नेपालीको नजिकैको अस्पतालमा उपचार भैरहेको छ र उनीहरूको स्वास्थमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ। नेपालमा बाग्लुङ घरभई हाल झन्डै दुई महिना अघि उनीहरू दुई जना नेपालबाट घुम्न र परिवार भेट्नका लागि अमेरिका आएका थिए। ह्युस्टनका स्थानीय प्रहरीले घटनामा संलग्न ड्राइभरलाई नियन्त्रणमा लिई घटनाको छानबिन गरिरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१