नेपालका लागि टीपीएस स्वीकृत भयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७२, बुधबार १०:०४

नेपाललाई टेम्पोरारी प्रोक्टेक्ट स्टाटस (टिपिएस) डेजिगनेट भइसकेको आधिकारिक सुचना होमल्याण्ड सेक्युरिटिले फेडरल राजिष्टारमा र अनलाइनमा भोलि दिन लागेको जनाएको छ ।बुधबार सार्वजनिक जारी गर्ने गरि तयार गरिएको बिज्ञप्ति अनुसार कागजपत्र बिहिन नेपाली अमेरिकनलाई अमेरिकी सरकारको होमल्याण्ड एण्ड सेक्युरिटी डिपार्टमेन्टले जुन २४, २०१५ देखि लागु हुने १८ महिनाको लागि टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) प्रदान गरेको हो । सार्वजनिक नभएको बिज्ञप्ति अनुसार अमेरिकी सरकारले प्रलयकारी भूकम्पले प्रभावित कागज पत्र बिहिन नेपाली अमेरिकनलाई टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा दिने निर्णय गरेको हो ।

१४ वर्षदेखिन माथिको लागी टिपिएस फाराम भर्नको लागी ५० डलर , काम अनुमति पत्र वर्कपरमिट बनाउनका लागी ३८० डलर, औठा छाापको लागी ८५ डलर र ट्राभल डकुमेन्ट बनाउनको लागी ३६० डलर शुल्क लिने व्यवस्था रहेको छ । टिपिएस पाउनका लागी अनुभवी कानुन व्यवसायीको सरसल्लाह र सहयोग लिएमा उचित हुने भुर्तेलले बताए । अमेरिकी सरकारले नेपाललाई टिपिएस दिएको बारेमा लोकप्रिय सिनेटर चल्स सुमरले आफनो वेभसाइडमा जानकारी दिएका थिए । त्यसैको आधारमा अमेरिकाका विभिन्न सञ्चारमाध्यामहरुले नेपाललाई टिपिएस दिएको भनेर समाचार बनाएका थिए ।

अमेरिकी सरकारको यो निर्णयसंगै अमेरिकामा भिसा एक्स्पायर भएर लामो समयदेखि अनाधिकृत तबरले बसोबास गरिरहेका ठुलो संख्यामा रहेका नेपाली अमेरिकनले प्रलयकारी भूकम्पले प्रभावित आफ्नो परिवारजन भेट्न र अमेरिकामा काम गरि आर्जन गर्ने अवशर प्राप्त गर्ने छन् । अमेरिकी सरकारको होमल्याण्ड एण्ड सेक्युरिटी डिपार्टमेन्टले यस्तो सुबिधा त्राशदी पूर्ण प्राकृतिक बिपत्तिमा परेको र गृहयुद्द भएका मुलुकलाई प्रदान गर्दै आएको छ । यो सुबिधा लगतै महाभूकम्पपछि प्राकृतिक महाबिपत्तीले प्रभावित कागजपत्र बिहिन नेपाली अमेरिकनले मातृभूमि नेपाल आवत जावत गर्ने सुबिधा सहित १८ महिना पुरा समय काम गर्ने अनुमति पाउने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१