अध्यक्ष डा.पौडेलद्धारा ओरिगन च्याप्टरको कार्यालय उद्घाटन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७२, मंगलवार ११:५३

अमेरिका,८ असार । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले ओरिगन राज्यको पोटल्याण्ड अन्तर्गत हलिउड डिस्टिकमा ओरिगन च्याप्टरको नयाँ कार्यालय उद्घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा बोल्दै डा.पौडेलले एनआरएन च्याप्टरका साथीहरूले स्थानीय संघ संस्थाहरूसँग सहकार्य गर्दै नेपालको पुनर्निर्माणका लागि एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रमको अध्यक्षता एनआरएनका ओरिगन च्याप्टरका अध्यक्ष दिवाकर महर्जनले गरेका थिए । उक्त कार्यक्रममा एमआरपी तथा एनआरएनको ओरिगनको अफिस उद्घाटनका अवसरमा झण्डै दुई शय पचास जना नेपालीहरूको उपस्थिति थियो ।

keshabशुक्रवारदेखि आईतवारका दिनसम्म डा.पौडेलले ओरिगनमै रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई भेटी नेपालमा गएको महाभूकम्पद्वारा भएको क्षतीको पुनर्निर्माणका लागी हातेमालो गर्दै अगाडि बढ़न आग्रह गरे । यसरि डा.पौडेल अमेरिकाको हरेक राज्यमा आँफै पुगेर एनआरएन एनसिसि अफ युएसएका हरेक गतिविधिलाई थप सशक्त वनाउन अहोरात्र खटेको क़ुरा त्यहँ उपस्थित जनमानसले मौखिक रूपमा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१