विभेद रातारात मेटाउन सकिन्न् : ओबामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७२, मंगलवार ११:१९

barak obamaअमेरिका,८ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो देश अझै पनि नश्लवादबाट मुक्त हुन नसकेको स्विकारेका छन् । एक रेडियोलाई अन्तरवार्ता दिँदै राष्ट्रपति ओबामाले खासगरी हब्सीहरुमाथि यस्तो भेदभाव कायमै रहेको उल्लेख गरेका हुन् । अमेरिकीहरुको डीएनएमै कालाजातिलाई विभेद गर्ने नश्लवाद रहेको स्वयं राष्ट्रपति ओबामाले सार्वजनिक अभिव्यक्ति दिएका छन् । यो खुल्लमखुल्ला भेदभावको विषय नभएको भन्दै उनले दुई तीन सय वर्षदेखि कायम रहेको विभेद रातारात मेटाउन नसकिने पनि बताए । यद्यपि, आफू बच्चा भएको समयमा भन्दा अहिले भेदभाव निकै कम हुँदै गएको पनि उनले उल्लेख गरे । राष्ट्रपति ओबामाले काला मानिसमाथि दास प्रथावाला अमेरिकी इतिहाँसको लामो छायाँ रहेको र त्यो अझैसम्म पनि डीएनएमा बाँकी रहेको बताए । केही दिनअघि मात्रै दक्षिणी क्यारोलाइनाको एक चर्चमा एक युवाले अन्धाधुन्ध गोली प्रहार गर्दा अफ्रिकी मूलका नौं अमेरिकी नागरिक मारिएका थिए । गोली चलाउने उक्त युवक नश्लभेदी सोचबाट प्रभावित रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१