हवाई आक्रमणमा १५ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७२, सोमबार १०:५१

yamanएजेन्सी । साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । दर्जन भन्दा बढि घाइते भएका छन् । यमनको सादा र मारबी प्रान्तमा आक्रमण भएको हो । मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
अब्द रब्बु मन्सुरलाई राष्ट्रपति पदमा पुर्नबहाली गर्ने अभियानस्वरुपसाउदी अरब नेतृत्वको गठबन्धनले हुथी विद्रोहीविरुद्ध गत मार्चयता आक्रमण गर्दै आएको छ । त्यसयता यमनमा भएको हिंसामा २ हजार ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१