श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १६:३१

अमेरिका,६ असार । डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गरिनुको साथै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान प्रदान गरिएको छ । श्रेष्ठलाई ‘अमर तारा’ उपाधिबाट सम्मान अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले कोहिनूर चलचित्र कि नायिका तथा स्व.श्रेष्ठकी पत्नी स्वेता खड्कालाई हस्तान्तरण गर्नु भयो ।

स्व.श्रेष्ठ सानो उमेरदेखि आफ्नो अभिनय क्षमता मार्फत रंगमञ्चसँगै चलचित्र क्षेत्रमा उनले पुर्‍याएको योगदान स्वरुप अमेरिकामा स्थापना भएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई सम्मान गरेको हो । चलचित्रबाट उठेको रकमले नेपालका भूकम्प पिडितलाई दिने घोषणा गरिन । प्रमुख अतिथि रहनु भएका राजदुत कार्कीले अमेरिकामा नेपाली समुदायलाई एकता नभएको आरोप लागेको अवस्था छ भन्दै अहिलेको अवस्थामा नेपाली समुदाय एक जुट हुनु पर्ने अपरिहार्य भएकोले डिसी महानगर क्षेत्रका सबै संघ तथा संस्था मिलेर कोहिनूर चलचित्र देखाउन आफुले आग्रह गरेको र सोहि अनुसार मिलेर चलचित्र देखाईएकोमा हर्ष व्यक्त गर्नु भयो । नेपाली चलचित्रको इतिहासमा सर्वाधिक रकम कमाउन सफल कोहिनूर चलचित्र प्रदर्शनका लागि अभिनेत्री स्वेता खड्का स्वयम् दर्शकहरु संगै बसेर हेरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१