अबका गीत संगीत पुर्ननिर्माणमा जुट्ने खाल्को हुनुपर्छ : गोविन्द प्रसाद उपाध्याय (गीतकार)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १२:१४

भूकम्प गएको झण्डैं दुई महिना वित्नैं लाग्दा पनि अहिलेसम्म नेपालीहरुको जनजीवन सामान्य तर्फ फर्कन सकेको छैंन । भूकम्पका कारण काहि बस्ती नैं छैंनन्,कयौंले आफ्ना आफन्त गुमाएका छन,अहिले पनि कयौं राहतको पर्खिइमा दिन विताइरहेका छन् । यो अबस्थामा नेपाली बजारमा यहि विषयमा केन्द्रित भएर धेरैं गीत संगीतहरु पनि बजारमा निस्किएका छन् । यो अबस्थामा गीत संगीत बजारमा आउनु राम्रो होइन धेरैंले भनिरहेका छन् भने कयौंले यसले पनि विकास निर्माणमा मद्त पुराउने विश्वास व्यक्त गरेका छन् । यहि विषयमा केन्द्रित भएर हाम्रा सहकर्मी मनिष दाहालले गीतकार,एपेक्स डेभलप्मेन्ट बैंकका सिइओ एवं गीतकार संघका कोषाध्यक्ष गोविन्द प्रसाद उपाध्यायसँग गीतकारको हालको अबस्था,नेपाली गीतसंगीतको अबस्था लगायतको विषयमा गर्नुभएको कुराकानी :

gobinda11१.भूकम्प गएपछि यति बेला धेरैं गीत संगीतहरु बजारमा आए । तपाईले पनि भूकम्प सम्बन्धी नै ३ वटा गीत बजारमा ल्याउनु भयो । ति गीतहरु अरुको तुलनामा के फरक थिए ?
भूकम्प जाने वितिक्कैं बजारमा आएका गीतहरु र भूकम्प गएको लामो समय पछि बजारमा आउने गीतहरु अलि फरक हुनु पर्छ भन्ने मलाई लाग्छ । भूकम्प जाने वितिक्कैं मैले दुई वटा गीत लेखे । जुन चाहि मैंले भूकम्पको पिडा लेखेको थिए । र त्यसपछि मैंले केहि दिन अगाडी मात्र बजारमा ल्याएको उठौं गरौं भूकम्पको सामना बोलको गीत बजारमा ल्याएको थिए । त्यो गीतले चाहि अब विकास निर्माणको काममा जुट्नु पर्छ भन्ने सन्देश दिएको छ ।

२.गीत संगीतले मानिसलाई विकास निर्माण देखी पुर्ननिमार्णमा जुट्न सन्देश दिन्छ ?
त्यो भावना हो । गीत संगीत सुनेपछि मानिसलाई धेरैंनैं उर्जा दिन्छ जस्तो मलाई लाग्छ । अर्को कुरा गीत संगीत सुन्दैंमा विकास निर्माणमा लाग्ने भने होइन तर उर्जा चाहि दिन्छ । मेरो गीतले चाहि अब पुर्ननिर्माणमा लाग्नु पर्छ,हामी सबै मिल्यौं भने धरहरा फेरी उठाउन सक्छौं लगायतका सन्देश दिएको छ ।

   ३.जसरी भूकम्प गएपछि बजारमा गीत संगीतहरु निस्किए ति गीतहरुबाट अझ जनमानसमा त्रास सृजना भएको भेटियो नी ?
भूकम्प जाने वितिक्कैं बजारमा आएका गीतहरु अब बज्नु हुदैंन । अब गीतले विकास निर्माणमा लाग्ने खाल्का गीत संगीतहरु बज्नु पर्छ । भूकम्प जाने वितिक्कैं आएका गीतहरु चाहि भूकम्पको पिडा थियो भने अब आउने गीतहरु विकास निर्माणमा जुट्ने सन्देश दिने हुनु पर्छ ।

gobinda४.अब गीतकारको जिन्दगीको विषयमा कुरा गरौं । एउटा गीतकार गीत लेखेर मात्र आफ्नो जिवनयापन गर्न सक्छ ?
गीत लेखेर मात्र एउटा गीतकारले जीवनयापन गर्न सक्दैंन । मलाई लागे अनुसार अहिले सबैभन्दा पिडीत गीतकारहरु नैं छन् ।

५.त्यसो भए गीतकार कसरी बाँच्छ ?
मैले बारम्बार भन्ने गरेको छु अहिले गीतकारको जीवन अस्तव्यस्त बनेको छ । गीतकारले गीत लेख्ने भन्दा अरु काम नगरि बाँच्न सक्ने अबस्था छैंन ।

६.सरकारले अब गीतकारका लागी के गर्दिनु पर्छ ?
विदेशहरुमा के छ भने गीत संगीतमा लागेका व्यक्तिहरुलाई निश्चित सेवा सुविधा दिएको अबस्था छ । सरकारले गीत,संगीतमा लागेका व्यक्तिहरुलाई पनि केहि सेवा सुविधा दिनु पर्छ भन्ने मरो र गीतकार संघको पनि माग हो ।

७.तपाई यो क्षेत्रमा चाहि कसरी आईपुग्नु भयो ?
यो क्षेत्रमा म आफ्नैं मेहेनत र लगानले आएको हुँ । गीत लेखन भित्रैंबाट आउनुपर्छ भन्ने मलाई लाग्छ । र म यहाँ सम्म आइपुग्नका लागी धेरैले साथ सहयोग गर्न भएको छ ।

5८.तपाई पेशाले बैंकर्स र रुचीले गीतकार । फरक के छन् र गाह्रा सजिला के हुदाँ रहेछन् ?
फरक धेरैं छन् । बैंक भनेको निती नियम हुन्छन्,यो सिस्टमले चल्नु पर्छ । यो छुट्टैं पृथक छ । र गीतरचनामा भनेको भावना खेल्नु पर्छ । त्यसैंले म बैंकमा आउँदा सम्पुर्ण तन मन बैंकलाई नैं दिन्छु भने म अन्य समयमा गीत संगीतलाई समय दिने गर्छु । त्यसैं गाह्रो भने चाहि मलाई छैंन तर पेशा र रुचीमा फरक चाहि हुन्छ ।

९.राम्रो गीत चाहि कस्तोलाई भन्छन् र कसरी लेख्न सकिन्छ ?
यसको परिभाषा एकदमैं वृस्तित छ । गीत भनेको सबैंले सजिलैंसँग बुझ्न सक्ने खाल्का हुनु पर्छ । नेपालीपन हुनुपर्छ,स्रोताले सधैं सम्झन सक्ने शब्दहरु हुनुपर्छ । गीत राम्रो लेख्नका लागी राम्रा राम्रा गीत सुन्नु पर्छ,अध्ययन हुनु पर्छ अनि मात्र राम्रो गीत लेख्न सकिन्छन् ।

१०.पछिल्लो समय गीत संगीतहरु फितलो हुदैंछन्,स्रोता दर्शकहरुले बुझ्न नसक्ने हुदैंछन्, अनि गीत संगीतमा विकृति फैंलदैं छ भन्ने खबर बाहिर आउँछ नी यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
यो समयको माग हो । समय जसरी चल्छ त्यसरीनैं चल्नुपर्छ । हामी केबाट प्ररित छौं त भन्दा हाम्रो गीत संगीत भारतबाट प्ररित छ । र त्यो हामी कहाँ हुनुहुदैंन । नेपाली गीत संगीतमा आफ्नो पन हुनुपर्छ,मौलिक पन हुनु पर्छ । र कहिले काहि गीत संगीतहरु पनि समय अनुसार चल्नु पर्छ भन्ने मलाई लाग्छ र त्यसलाई नकारात्मक रुपमा हेर्नु पर्छ जस्तो पनि मलाई लाग्दैंन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१