तिन श्रीमतीको साथमा कपिल यसैं बर्ष आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १०:३८

kapilभारतका चर्चित कमेडियन कपिल शर्माले पहिलो पटक अभिनय गरेको चलचित्र किस किस को प्यार करुं यसैं बर्ष प्रदर्शनमा आउने भएको छ । अब्बास मस्तानको निर्देशनमा निर्माण भएको कमेडी चलचित्र किस किस को प्यार करुं मार्फत कपिल बलिउड प्रवेश गरेका हुन् । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार यो चलचित्र २५ सेक्टेम्बरमा रिलिज हुनेछ । चलचित्रमा कपिलसगैं अरबाज खान, वरुण शर्मा, एली अवराम र मंजरी फडनिसले मुख्य भुमिका निभाएका छन् । वीनस रिकाड्र्स र अब्बास मस्तान प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रले बलिउडमा राम्रै तहल्का पिट्ने अहिले देखीनैं अनुमान लगाउन थालिएको छ । कपिलका फ्यानहरु असंख्य भएका कारण उनलाई दर्शकहरुले ठुलो पर्दामा देख्ने मौका पहिलो पटक पाएका कारणले पनि चलचित्र किस किस को प्यार करुं’ले राम्रो व्यापार गर्ने अनुमान लगाइएको छ । चलचित्रमा कपिल तिन श्रीमतीको श्रीमानको भुमिकामा देखिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१