शंकर कंडेलले “सान्नानी” ल्याउदैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार १५:१०

रुपन्देहिका चर्चित गीतकार शंकर कंडेल “देव” पछिल्लो समय निकै व्यस्त गीतकारको रुपमा परिचित छन् । उनी विगत ७ बर्ष देखी गीत लेखनमा क्रियाशिल रहेका छन् । आज भन्दा २ बर्ष अगाडी उनले आफ्नो लेखनमा आफ्नौं शोलो एल्बम चाहेर मात्र बजारमा ल्याएका थिए ।

sankar1 सो एल्बमको टाइटल गीत चाहेर मात्रमा चर्चित गायक स्वरुपराज आचार्यले आफ्नो स्वर दिएका थिए । सो गीतले राम्रो चर्चा कमाएपछि अर्को गीत चर्चित गायक एवं संगीतकार चिरन्जीवि भण्डारीको स्वरमा रहेको शंका गर्ने बानी तिम्रो बोलको गीतले पनि बजारमा राम्रै तहल्का पिट्यो । त्यसपछि गीतकार कंडेल अब छिटैं अर्को एल्बम सान्नानी लिएर स्रोतामाझ आउने भएका छन् । यस एल्बममा जम्मा ७ वटा गीत रहनेछन् । यस एल्बम भित्र रहने गीतहरुमा संगीत संगीतकार एवं गायक चिरन्जीवि भण्डारी,बसन्त सापकोटा,अनुप रेग्मी,हितान शक्रको रहनेछ ।

sakar4साथैं स्वर चर्चित गायक शिव परियार,प्रमोद खरेल,मनोजराज,चिरन्जीवि भण्डारी,निखीता थापा,एन्जीला रेग्मीको रहनेछ । गीतकार शंकर कंडेल “देव” भने भने मेरो पहिलो एल्बम भन्दा पनि दोस्रो एल्बम सान्नानी उत्कृष्ट बन्नेमा विश्वस्त छु । सान्नानी एल्बमको ५ गीतको रेकर्डिङ कार्य सम्पन्न भइसकेको छ भने बाँकी दुई गीतको रेकडिङ कार्य भइरहेको छ । गीतकार शंकर कंडेल “देव” ले संगीतक्षेत्रमा आफ्नो छुट्टैं पहिचान बन्नेमा पनि दृढ विश्वास रहेको बताएका छन् । आफ्नो गीत,कविता,मुक्तक लेख्ने उनको सानैं देखीको शोख रहेको पनि गीतकार कंडेल बताउछन् । पहिलाको एल्बम भन्दा यो सान्नानी एल्बम पृथक रहेको गीतकार कंडेलले दाबी गरे ।

sankar2उनी भन्छन् यो एल्बमको गीतले पनि स्रोताको मन अबश्यनै जित्ने छ । कस्तो गीत हुनुपर्छ ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् गीतमा सर्वप्रथम कथा हुन जरुरी छ र भाब पनि हुन आबश्यक छ । यदि गीत दुखत छ भने बेदनाले परिपूर्ण हुनुपर्दछ । जब म गीत लेख्न थाल्छु मेरो दिमागमा कथा आइहाल्छ । अनि गीत बन्छन् । त्यहि कथाको रहोबरमा रहि म गीत सृजना गर्छु उनले भने । कम समयमानै पश्चिमक्षेत्रमा गीतकारको रुपमा स्थापित हुनुभयो नी ? फेरी हाम्रो प्रश्नको उत्तर दिदैं गीतकार कंडेल भन्छन् यो सबै स्रोताहरुको माया हो । यो माया सधैभरी रहिरहोस् । उहाँहरुको मायाले अझै राम्रो गीत सृजना गर्न सक्ने क्षमता ममा प्रदान होस् यहि चाहान्छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१