चीनको प्रस्ताव हङकङका संसदद्वारा अस्विकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार १०:४१

एजेन्सी । चीनले हङकङकमा सरकार प्रमुख चयनका लागि गरेको सुधारिएको निर्वाचन प्रणालीसम्बन्धी प्रास्तावलाई हङकङकका सांसदहरुले अस्विकार गरेका छन् । विवादास्पद सो प्रणालीका लागि संसदमा निर्वाचन हुँदै गर्दा सत्तारुढ दलका सांसद सहभागी भएनन् भने चीन समर्थित भनिएका केही सांसदले समेत मतदान नगरेको बीबीसीले जनाएको छ ।
honkongहङकङको संसदमा पेश भएको सो प्रस्तावमा क्षेत्रीय नेता चयनका लागि हङकङमा हुने निर्वाचनका मतदातलाई चीनले आधिकारीकता दिने उल्लेख छ । विवादास्पद सो प्रस्तावको विरोध गर्दै प्रजातन्त्र समर्थित अधिकारकर्मीहरुले झूटो प्रजातन्त्रको खेल सुरु भएको भन्दै हङकङमा आन्दोलन चर्काएको थिए । संसदबाट प्रस्ताव पास हुन ४७ मत आवश्यक भएपनि प्रस्तावको पक्षमा ८ र विपक्षमा २८ मत प्राप्त भएको थियो ।
हङकङका सरकार प्रमुख १२ सय सदस्यीय विशेष समितिबाट चयन हुँदै आएको छ जुन समितिमा चीन समर्थित सांसद बढी छन् । चीनको आडमा पेश भएको प्रस्ताव पास भएको खण्डमा सन् २०१७ मा सरकार प्रमुखका लागि हुने निर्वाचनमा चीनले आधिकारीकता दिएका हङकङका नागरीकले पहिलो पटक भोट गर्न पाउने थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१