ठुलो पर्दाको मान्छे सानो पर्दामा देखिनु हुन्न : करिना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार १०:२४

karina_kapoorबलिउड चलचित्रमा पछिल्लो सफल नायिकाको छबि बनाउदैं गएकी नायिका करिना कपुरले आफ्नो लागी सानो पर्दा नरहेको बताएकी छिन् । एक अन्तरर्वार्ताको क्रममा उनले आफुलाई सानो पर्दामा देखिन कुनै रहर नभएको बताएकी छिन् । उनले भनेकी छिन् सानो पर्दामा मेरो कुनै इच्छा छैन। कुनै रियालिटी सोमा जर्ज बन्न वा अन्य भूमिकामा जान म चाहन्न उनले भनिन् । ‘टेलिभिजनमा सञ्चालन हुने रियालिटी शोका लागी मलाई अफर नआएको होइन तर मलाई सानो पर्दामा काम गर्न मन लाग्दैंनु करीनाले स्पष्ट पार्दै भनिन् ‘ठुलो पर्दामा देखिने व्यक्तिहरु सानो पर्दामा देखिनु राम्रो हुदैंन त्यसैले पनि म सानो पर्दामा देखिन चाहान्न ।’ तर पछिल्लो समय हेर्ने हो भने बलिउडका चर्चित मुहारहरु भने विभिन्न टेलिभिजनबाट सञ्चालन हुने रियालिटी शोमा देखिएका छन् । सलमान, शहरुख, अमिताभ, आमिर जस्ता बलिउड स्टार समेत सानो पर्दामा पछिल्लो समय देखिदैं गएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१