‘मलाई केहीले पुरुषजस्तो देखिन्छौं भन्छन् : नायिका प्रीति जिन्टा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार ०५:३९
काठमाडौ । नायिका प्रीति जिन्टा कुनै बेला बलिउडमा जल्दीबल्दी नै थिइन् । बलिउडकी डिम्पल नायिका यति बेला भने फिल्म क्षेत्रबाट पूरै ओझेलमा छिन् । सन् २०१३ मा ‘इश्क इन पेरिस’ पछि त उनका फिल्म नै रिलिज भएनन् । बरु फिल्म छायांकन छोडेर क्रिकेट टिमको मालिक हुनमा मज्जा मान्न थालिन् ।
त्यही पनि यसपटक त उनकै टिम पञ्जाब ११ ले आईपीएलमा राम्रो नतिजा दिन नसकेपछि त प्रीतिलाई औडाहा भइरहेको छ । ‘वीर जारा’ की नायिकालाई छँदाखाँदाको फिल्म करिअरलाई किनारा लगाएर क्रिकेटतर्फ लाग्दा यति बेला कत्तिको गुनासो होला ? भन्छिन्, ‘पिँधमा पुगेपछि मात्रै किन छोड्नुपर्‍यो ? चलिरहेकै बेलामा छोड्दा पनि राम्रै हुन्छ । मैले जे गरें ठीकै गरें । कुनै पछुतो छैन । हो, म अझै पनि आफूलाई हिरोइन भन्नमै बढी गर्व गर्छु र यात्रा भनेको कहिल्यै पनि रोकिन्न र सकिन्न पनि ।’
 उमेरमा ४० पुगिसकेकी प्रीति अझै अविवाहित नै छिन् । त्यसो त यति बेला उनी कसैको प्रेममा परेको गाइँगुइँ हल्ला पनि चल्न थालेको छ । तर उनी भने यस मामिलामा चुप बस्नुमै बेस ठान्छिन् । ‘म सम्बन्धहरू आफूमै सुरक्षित होस् भन्ने चाहन्छु । मलाई प्रेमी वा प्रेमिकाको बारेमा विज्ञापन गरेर उसका निजी जीवनमा दख्खल दिन ठीक लाग्दैन,’ प्रीतिले सर्तकपूर्ण जवाफ दिँदै भनिन् । त्यसो त उनी पनि अरू जस्तै सेटल भएर बस्ने रहर पलाएको भने बताउँछिन् ।
 रमाइलो के भने, प्रीतिलाई उनको स्वभाव र व्यवहारका कारण युवतीपनामा कमजोर रहेको पनि टिप्पणी चलाउँछन् । ‘मलाई केहीले पुरुषजस्तो देखिन्छौं भन्छन् । त्यस्तो पनि कम्प्लिमेन्ट ? म महिलाजस्ती देखिनुमा नै खुसी हुन्छु । हो म केही बोल्ड छु तर यो हैन कि म केटा हुँ,’ यसो भन्दा चाँहि प्रीति स्वयं हाँसिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१