पाकिस्तानी अभिनेत्रीसँग शाहरुखले गर्नेछन् रोमान्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १०:२८

heroinबलिउडमा किंग खान नामले कहलिएका शाहरुख खानसँग चलचित्रको पर्दामा रोमान्स गर्न सायद जो कोहि नायिकाहरु पनि सजिलैं तयार हुन्छन् । उनीहरु शाहरुखको छेउमा परेपछि स्टार भइन्छ भन्ने सोचका कारण शाहरुख सँग निशुल्क चलचित्रको पर्दामा देखिन तयार हुने नायिकाको भिड बलिउडमा पनि बक्लैं छ । तर अब शाहरुख खानले बलिउड नायिकासँग होइन उनले पाकिस्तानी अभिनेत्री माहिरासँग रोमान्स गर्ने भएका छन् । राहुल ढालेकियाको नयाँ चलचित्र ‘रईस’मा यी जोडीले रोमान्स गर्ने भएका हुन्। अंग्रेजी पत्रिका डीएनएका अनुसार माहिरा सुटिङका लागि भारत आउने भएकी छन्। फरहान अख्तरको निर्माण र राहुल ढोलकियाको निर्देशनमा बन्ने यो चलचित्रमा शाहरुख र माहिराका अलवा नवाजुद्दिन सिद्दीको पनि मुख्य भूमिका रहनेछ। माहिरा पाकिस्तानको सुपरहिट टेलिसिरियल हमसफरका मुख्य अभिनेत्री हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१