युएईमा एक नेपालीको ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १०:११

युएई, ३ असार । रोजगारीका लागि संयुत्त अरब एमिरेट्स युएई आएका एक नेपालीले ज्यान गुमाएका छन । डेढबर्ष पहिले युएई आएका धनकुटा तल्लोकोप्चे ५ का दिपक भुजेलको गएको शनिबार राती ज्यान गएको हो । भुजेलको मृत्युकको कारण भने अहिलेसम्म खुलेको छैन । प्रारम्भिक रिपोर्ट अनुसार भुजेलले आत्महत्या गरेको भनिएको छ ।
भुजेलको एक श्रीमती र ७ बर्षकी छोरी छन । परदेशमा श्रीमानले आत्महत्या गरेको खबरले उहाँकी श्रीमती अहिले धनकुटाको अस्पतालमा बेहोस अवस्थामा रहेको दुबइमा कार्यरत दिपकका सहपाठी लोकेन्द्र रोईलाले बताउनु भयो । मृत्युबारे स्थानिय प्रशाशनले थप अनुसन्धान गरिरहेको युएईका लागि नेपाली दुतावास आबुधाबीका द्वितिय सचिव कृष्ण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१