सुस्तमनस्थिति भएकालाई इजरायलबाट सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १५:३७

newsgकाठमाडौं,०२ असार । विदेशमा रहेका नेपाली महिलाहरुको संस्था नारीका लागि नारीले मोरङ इटहराका सुस्त मनस्थिति भएका पाँचजनालाई ३६ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । इटहरा–७ सिक्किमे टोलका तुलसीराम ढुंगानाका सुस्त मनस्थिति भएका छोराछोरीका लागि इजरायलमा संस्थाले उक्त रहयोग रकम उपलब्ध गराएको हो । ढुंगाना परिवारका पाँचजना सुस्त मनस्थिति भएका छोराछोरी, तुलशीराम र उनकी पत्नी सिर्जनाले भोग्नुपरेका पीडाका विषयमा बिभिन्न सञ्चार माध्यममा समाचार आएपछि नारीका लागि नारीले सहयोग उपलब्ध गराएको हो । संस्थाकी संस्थापक सीता तिवारी र अर्की संस्थापक स्वेता खरेलका पति हिम्मतकुमार खरेलले शनिबार पीडित परिवारका घरमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । त्यसैगरी इजरायलमा रहेका सुधिर मिश्र, दिपा रिजाल र बिष्णु श्रेष्ठले पनि सक्रियतामा थप ६९ हजार रुपैयाँ सहयोग संकलन भएको छ । दुवैतर्फबाट उपलब्ध गराइएको सहयोगमध्ये ९६ हजार रुपैया नगदै र अन्य रकमबराबरको कपडा प्रदान गरिएको थियो । उक्त रकम पनि शनिबार नै हस्तान्तरण गरिएको छ ।
newsz]सहयोग रकमबाट ढुंगाना परिवारमा आवश्यक रहेको भान्सा कोठा निर्माण गरिने भएको छ । इटहरा ७ का तुलशीराम ढुंगाना र शिर्जना ढुंगानाका सुस्त मनस्थिती भएका पाँच जना छोराछोरी छन् । यी दम्पतीका छोराछोरी ३७ वर्षीय निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षिय पार्वता र २० वर्षीय गोमा जन्मजात सुस्तमनस्थितिका हुन् । उनीहरुको स्याहार सुसारमा दिनरात खटिदा ढुंगाना दम्पतीले दुःख भोगेका छन् । सहयोग रकम बुझ्दै तुलशीरामले दुःखीलाई सहयोग गरिदिएकोमा धन्यवाद दिँदै थप सहयोगका आह्वान गरेका छन् । नारीका लागि नारीले नेपालमा दुःख पाएका महिला तथा बालबालिकालाई विभिन्न प्रकारका सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१