बेरोजगारी यूवाको ‘नरे’,यस्तो छ पहिलो मुहार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १२:११

nereग्रामिण भेगको एउटा बेरोजगार यूवाको कथा बोकेको चलचित्र ‘नरे’को अफिसियल पोष्टर रिलिज भएको छ । हालसम्म नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिएको चलचित्र ‘नरे’को सार्वजनिक पोष्टरमा गायक नरजंग गुरुङ र दुई अभिनेत्रीहरु एलिना गुरुङ र सबिना गुरुङ देखिएका छन् । यस बर्ष प्रदर्शनमा ल्याइन लागिएको यस चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । चलचित्र ‘नरे’ मा मुख्य भुमिकामा गायक समेत रहेका नरजंग गुरुङ देखिएका छन् । कमेडी जनरमा बनेको चलचित्रलाई चाँडै नै दर्शकमाझ ल्याउने गरि काम भईरहेको निर्देशक माओत्से गुरुङले जानकारी दिए । राजन कुँवर चलचित्रका सह निर्देशक हुन् । चलचित्रमा समावेश गीतहरुको भिडियो निर्देशन नेत्र गुरुङले गरेका छन् भने सम्पादन पनि उनैले नै गरेका छन् । चलचित्रको कोरियोग्राफी रोहन नेपालीले गरेका हुन् । चलचित्रलाई भेष गुरुङले खिचेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१