भिसाको म्याद सकिएका नेपालीले अमेरिका बस्न पाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १०:१७

काठमाडौं, ०२ असार । भिसाको म्याद सकिएका नेपालीले अझै केही समय अमेरिका बस्न पाउने भएका छन् । भिसाको म्याद सकिएपनि अमेरिकामा बसोबास गरिरहेका उनीहरुलाई अमेरिकाले औपचारिक रुपमा केही समय बस्न दिने निर्णय गरेको हो ।

amiअमेरिकाका सिनेटर चाल्र्ज इ स्कुमरले नेपालीलाई बस्न दिन माग गरेपछि अमेरिकाको सुरक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो । भूकम्पपछि नेपालमा रहेका घरहरु पनि भत्किएकाले केही समय नेपालीलाई आश्रय दिन उहाँले माग गर्नुभएको थियो ।
भिसाको म्याद सकिनुमा नेपालीको कुनै दोष नरहेको भन्दै सिनेटर स्कुमरले भूकम्प प्रभावितलाई अस्थायी बसोबासको लागि समय दिएको बताउनुभयो । यसअघि पनि अमेरिकाले विपतमा परेका अरुलाई पनि सहयोग गरेको थियो । प्राकृतिक प्रकोपमा परेका होन्डुरस, हैटी र निकारागुवाका मानिसलाई पनि अमेरिकाले सहयोग गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१