अमेरिका नेपाल सहयोगी समाज दियो ३२ लाख सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार १०:४९

अमेरिका,०१ असार । डिसी महानगर क्षेत्रमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाज भर्जिनियाको पहलमा नेपालका भूकम्पपीडितका लागी भनेर संकलन गरिएको ७२ हजार ७ सय ७६ डलर मध्ये बाँकि रहेको ३२ हजार ५ सय ९९ डलर (करिब ३२ लाख ६ हजार रुपैया) वाशिंगटन डिसी दुताबासलाई चेक हस्तान्तरण गरेको छ । साथैं भर्जिनियाको मनासस शहरमा नेपालका भूकम्प पिडितहरुलाई उद्धार तथा उल्लेख्य सहयोग गरि कर्मथलो अमेरिका फर्केका स्वयम् सेवकहरुलाई सम्मान गरेको छ । उक्त चेक दुताबासका मिनिस्टर र उप नियोग प्रमुख ऋषि राम घिमिरेलाई संस्थाका अध्यक्ष सागर कंडेल तथा संस्थापक सदस्य मधु पन्थीले सयुक्त रुपमा मनासस क्षेत्रका लागि डेलिगेट बब मार्सलको उपस्थितिमा चेक प्रदान गरेका थिए ।

nepalउक्त कार्यक्रममा डा अनुप पहाडीले नेपालका भूकम्प पिडितहरुको लागि अतुलनीय काम गरि अमेरिका फर्केका संस्थाका स्वयम् सेवक तथा फेयर फ्याक्स काउन्टी अर्वान सर्च एण्ड रेस्क्यु समूहलाई प्रशंसा गरेका थिए । उक्त सम्मान कार्यक्रममा बिदेशी तथा भर्जिनियाका डेलीगेट तथा कांग्रेस म्यानलाई पनि नेपाली ढाका टोपी लगाई सम्मान गरिएको थियो भने नेपाल पुगी अमेरिका फर्केका फेयर फ्याक्स काउन्टी अर्वान सर्च एण्ड रेस्क्यु समूहका केहि सदस्यले नेपालमा २१ दिन सम्म बस्दाको अनुभव सुनाएका थिए । कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले अमेरिका नेपाल सहयोगी समाजले भुकम्प पिडितहरुका लागि गरेको कामको प्रसंसा गर्दै नेपाल पुनर्निर्माण गर्नु पर्ने भएकोले सबै एक जुट हुन् आब्हान गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१