जेलमुक्त हुदैं संजय दत्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार १०:३०

सन् १९९३ मा बम विस्फोट घटनामा हतियार राखेको अभियोगमा ५ बर्ष जेल सजाय भोगिरहेका बलिउडस्टार संजय दत्त यसै वर्षको डिसेम्बरमा रिहा हुने भएका छन् । अभिनेता, निर्माता, हास्य अभिनेता, राजनीतिज्ञ, दूरदर्शन प्रस्तोता समेत रहेका संजय दत्तले जेलमा रहदाँ गरेका सकारात्मक कामका कारण उनलाई भारत सरकारले चाडैं रिहा गर्न लागेको हो । यो कुरा संजय पत्नी मान्यता दत्त स्वयमले दिएकी हुन्। यस बारेमा बोल्दै मान्यताले भनिन, पछिल्लो सप्ताहन्त संजयलाइ भेट्न जाँदा उनी यसैवर्षको डिसेम्बरमा थुना मुक्त हुने कुरा थाहा पाएकी छु। मलाई विश्वास छ उनी सोही समयमा जेलबाट निस्कनेछन् र यसमा कुनै अवरोध आउने छैन्। जेलमुक्त हुन साथ संजय केहि चलचित्रको छायांकनमा व्यस्त हुनेछन् ।

sanjay-100राजकुमार हिरानी उनीसँग चलचित्र गर्न उनलाई नै कुरेर बसिरहेका छन्। निर्देशक उमेश शुक्ला पनि उनकै बाटो हेरिरहेका छन्। यससगैं संजयलाई चलचित्रमा खेलाउन धेरै निर्माताहरु अगाडी सरिरहेका छन् । कुनै जमाना बलिउड आफैं पहुँचमा चलाएका संजयले दुई दर्जनभन्दा बडि राष्ट्रिय पुरस्कार र उत्कृष्ट अभिनेताको अर्वाड हात पारिसकेका छन् । उनले रेशमा और शेरा,अग्निपथ,पीके,ज़ंजीर,लगे रहो मुन्ना भाई लगायतका सफल चलचित्रमा अभिनय गरिसकेका छन् । उनको प्रदर्शनमा आएको पछिल्लो चलचित्र भने पिके हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१