किन भयो अमेरिका शक्तिशाली ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार ०८:५४
सोभियतहरु ले १९४९ मा प्रथम न्युक्लियर बम परिक्षण गरे, त्यसैगरि विश्वका अन्य शक्तिशाली राष्ट्रहरु पनि आफ्नो शक्ति प्रर्दशन गर्ने होडबाजिमा लागिपरेका छन्। यहि सन्दर्भमा तल प्रस्तुत छन्, अमेरिकासंग भएका १० शक्तिशाली हतियारहरु जसलाइ अमेरिकी सेनाहरुलाइ बिभिन्न युद्धमा प्रयोग गर्दै आएका छन।
एम क्यु ९ रिपर ड्रोन (MQ9 Reaper Drone)
बनाउने : जेनेरल एटोमिक्स एरोनटिकल सिस्टम
सार्वजनिक मिति : २००१
Weapon 1
८४ फिट फराकिलो पंखा भएको यो ड्रोन ले ७००० पाउण्ड को तौलको साथ टेक अफ गर्नसक्छ र ३६ घण्टासम्म लगातार उड्नसक्छ।
५२,००० फिट माथिसम्म उड्न सक्ने यो ड्रोनले २ माइल टाढाबाट पनि गुडिरहेका गाडिका लाइसेन्स पेल्ट पढ्न सक्छ।

एए१२ एटचिसन एसल्ट सटगन (AA12 Atchisson Assault Shotgun)
बनाउने : म्याक्सवेल एटचिसन
सार्वजनिक मिति : २००५
Weapon 2
एए१२ ले ५ १२-गेज सेल प्रति सेकेण्ड फायर गर्न सक्छ। एउटा मात्र हात प्रयोग गरेर फायर गर्न सकिने एए१२ ले छरिएर बिस्फोट हुने फ्र्याग-१२ ग्रिनेड लाइ पनि १७५ मिटर सम्म उत्तिकै सटिकता साथ फाएर गर्नसक्छ। जाम नभइ ९००० राउण्ड सम्म फायर गर्न सक्ने यो सटगन लाइ लामो समयसम्म हुन सक्ने युद्धको लागि बनाइएको थियो।

 एडिएपिटिआइभि ट्याकं (ADAPTIV)
बनाउने : बिएइ सिस्टमस्
सार्वजनिक मिति : २०१३
Weapon 3
स्वीडेन मा बनेको यो ट्याकंले इन्फ्रारेड को सहयोगले काम गर्छ। वरिपरिको वातावरण जस्तै हुन सक्ने यो ट्याकं नदेखिने गरि हुन सक्छ। अरु कुनै बस्तु जस्तै पनि देखिन सक्ने यो ट्याकं लुकिलुकि काम गर्नको लागि बनाइएको थियो।

फेजर राइफल (PHASR Rifle)
बनाउने : डिपार्टमेन्ट अफ डिफेन्स
सार्वजनिक मिति : २००७
Weapon 4
पर्सनल हाल्टिङ एण्ड सिमुलेसन रेस्पोन्स (Personal Halting and Simulation Response – PHASR) राइफल ले लेजरको मद्धतले अगाडिको मानिसहरुलाइ अन्धो बनाउन सक्छ। हतियार प्रयोग गरेर अन्धोपन ल्याउन नपाइने नियम ले गर्दा यसले केहि समयको लागि मात्र अन्धोपन गराउछ। हरियो लेजर प्रयोग गरेर टारगेट कति टाढा छ र कति शक्ति प्रयोग गरेर केहि समयको लागि मात्र अन्धोपन गराउन सकिन्छ भन्ने यसले थाहा पाउन सक्छ।

टेजर सकवेभ (Taser Shockwave)
बनाउने : टेजर
सार्वजनिक मिति : २००८
Weapon 5
मानिसको भिडलाइ नै करेन्ट लागाउन सक्ने यो टेजर लाइ २५ फिट टाढाबाटै प्रयोग गर्ने सकिन्छ । गाडिमा राखेर पनि यसलाइ प्रयोग गर्न सकिन्छ।

ब्लाक नाइट (Black Knight)
बनाउने : बिएइ सिस्टमस्
सार्वजनिक मिति : २००८
Weapon 6
रिमोट कन्ट्रोल बाट चलाउन सकिने यो ट्याकं मान्छेलाइ धेरै खतरा हुने मिसनमा प्रयोग हुन्छ। ३०० हर्सपावर को इन्जिन र ३० मिलिमिटर को क्यानन भएको यो ट्याकंले अटोमेटेड नेभिगेसन सफ्टोयरको सहायता ले बिना मान्छे बाटो पत्ता लगाउन सक्छ।

द एक्टिभ डिनाएल सिस्टम (The Active Denial system)
बनाउने : रथियोन
सार्वजनिक मिति : २००८
Weapon 7
राडार र माइक्रोवेभको प्रविधि अपनाएको यो हतियारले विधुतचुम्बकिय वेभ (Electromagnetic waves) सुट गर्न सक्छ। जुन छालाको बाहिरी सतहले सजिलै लिनसक्छ। जसबाट यति पिडा हुन्छ कि यसको मिलिटरि नाम नै ‘गुडबाइ वेपन’ (Goodbye Weapon) राखिएको छ।

द लेजर एभेन्जर (The laser Avanger)
बनाउने : बोइङ (बिए)
सार्वजनिक मिति : २००९
Weapon 8
केहि सेन्टिमिटर व्यास भएको लेजर जुन आखाले देख्न सकिदैन, जुन इलेक्ट्रिक स्टोभ भन्दा २० गुणा तातो हुन्छ र ठुला ठुला ट्याकंहरु लाइपनि सजिलै काट्न सक्छ।

मार्स रोबोट (MAARS Robot)
बनाउने : किनेटिक क्यु क्यु
सार्वजनिक मिति : २००९
Weapon 9
बम डिस्पोज गर्न बनाएको यो रोबोटमा यमबि-२४० मेसिन गन, ४० मिमि को ग्रिनेड लन्चर, अन्धो बनाउन सक्ने लेजर, वा अन्य गनहरु लोड गर्न मिल्छ।

एक्सयम-२०१० इन्हान्सड स्नाइपर राइफल (XM2010 Enhanced Siper Rifle)
बनाउने : रेमिनग्टन
सार्वजनिक मिति : २०१०-२०११
Weapon 10
२२ वर्ष पुरानि यम-२४ स्नाइपर राइफललाइ परिवर्तन गरि एक्सयम-२०१० अफगानिस्तानको अग्लो स्थान र लामो दुरिको लडाइको लागि बनाइएको थियो।
१२०० मिटर सम्मको टारगेट लाइ सटिक सुट गर्ने यो राइफलले सुटगर्दा निस्कने प्रकास र आवाज लाइ निक्कै कम गर्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१