कलाकारको जिन्दगी अरुले सोचे जस्तो छैंन : पल्पसा डंगोल (चम्सुरी)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार १२:३६

कलाकारिताक्षेत्रमा आउन चाहाने र आफ्नो करियर बनाउन चाहानेहरु अहिले धेरैं छन् । कलाकारिता क्षेत्रमै जमेका चर्चित कलाकारहरु जस्तैं आफु पनि बन्ने चाहाना बोकेर यस क्षेत्रमा भित्रनेको संख्या क्रमश बढ्दैं गएको छ । तर यस क्षेत्रमा लागेका धेरै कलाकारहरु भने यो क्षेत्रमा केहि छैंन भने विदेश पलायन हुनेको संख्या पनि दिनदिनहुँ बढ्दैं गएको छ । अझ हाँस्य कलाकारिता क्षेत्रमा भित्रनेहरु आजकाल धेरै देखिन्छन् । तर अरुलाई हँसाउने हाँस्य कलाकारहरुको रियल जिन्दगी चाहि वास्तविक रुपमा कस्तो छ ? के रियल लाईमा उनीहरु सधै हाँसीरहेका हुन्छन् अर्थात उनीहरुसँग पनि पिडाका थाकहरु छन् । यहि विषयमा हाम्रा सहकर्मी मनिष दाहालले लामो समय देखी हाँस्य कलाकारिताक्षेत्रमा आबद्ध रहि हाल “मेरी बास्सैं”मा (चम्सुरी) नामक भुमिकामा देखा अभिनय गर्दै आउनुभएकी पल्पसा डंगोलसँग गरिएको कुराकानी ;

palpasa dangol 1१. अहिले के मा व्यस्त हुनुहुन्छ,के गर्दै हुनुहुन्छ ?
अहिले भूकम्पबाट क्षती पुगेका विभिन्न ठाउँहरुमा गइरहेका छौं । काही विद्यालय उद्घाटन गर्न काहि विद्यालय बनाउने काममा अहिले व्यस्त छु भन्नु प¥यो ।

 २.अहिले मेरी बास्सैंको सुटिङ के भइरहेको छ ?
भइरहेको छैंन । जुन दिन देखी भूकम्प गयो त्यसपछि मेरी बास्सैंको सुटिङ रोकिएको छ ।

३.भूकम्प गएपछि तपाई कहाँ कहाँ पुग्नु भयो र राहत वितरण देखी पुननिर्माणमा कसरी लाग्नु भएको छ ?
राहत भन्दा पनि धुमुर्स—सुन्तलीले अहिले विभिन्न जिल्लाहरुमा गएर ट्वाइलेट र विद्यालय बनाइरहनुभएको छ,म पनि त्यहि काममा सहभागी भएको थिए । उहाँहरु सँग नुवाकोट र सिन्धुपाल्चोक पुगेर सहयोग गरेको छु ।

४.भूकम्प गएपछि तपाईहरु विभिन्न कामको शिलशिलामा अर्थात कहिले ट्वाइलेट त कहिले विद्यालय बनाउने कामले विभिन्न जिल्लाहरु पुग्नु भएको छ । त्यहाँका भूकम्पपीडितको अवस्था कस्तो देख्नु भयो ?
हामी जहाँ जहाँ गयौं त्यहाँ कुनैं पनि घर छैंन । सबै घरहरु भूकम्पले बस्न नमिल्ने गरि ध्वस्त भएका छन् । उनीहरुको अवस्था हामीले कल्पना पनि गर्न सक्दैंनौं । हामीले ति स्थानहरुमा बच्चाहरु बढि मात्रामा डराएको देख्यौं ।

५.हाँस्य कलाकारहरु अरुलाई मात्र हँसाउन माहिर हुन्छन् । तर उनीहरुको रियल लाइफ चाहि कस्तो हुन्छ ?
सबैको त म भन्न सक्दिन तर मेरो विचारमा चाहि हाँस्य कलाकारहरु अरुलाई हँसाउने तर आफु चाहि दुखी हुने गर्छन जस्तैं लाग्छ ।

६.यो चाहि के कारणले हुन्छ ?
के कारणले भन्दा पनि एक त परिवारलाई समय दिन सकिदैंन । हाँस्य कलाकार मात्र होइन कलाकारितामा आवद्ध सबै कलाकारहरुको रियल लाइफ भने जस्तो खुसीयाली हुन्छ जस्तो लाग्दैंन ।

७.पछिल्लो समय धेरै कलाकारहरु नेपालमा राम्रो भविष्य छैंन भनेर विदेश पलायन भइरहेका छन्,यो अबस्था कलाकारितामा कतिको देख्नुहुन्छ ?
म अरुको कलाकारहरुको भन्न सक्दिन तर म चाहि विभिन्न देशहरुमा पनि पुगेर आइसकेको छु । त्यसैले मेरो निजी जिन्दगीमा चाहि यो लागु हुदैंन ।

palpasa3८.हाम्रा पाठकलाई यो भन्दिनुहोस् की कलाकारितामा लागेर आफ्नो दैनिक जीवनयापन गर्न सजिलो छ ?
मात्रै कलाकारितामा लागेर चाहि यो सम्भब छैंन । जुन मुख्य मुख्य व्यक्तिहरुको चाहि राम्रैं होला तर अरु कलाकारहरुको राम्रो जीवनयापन र राम्रो जीवनशैली हुन्छ जस्तो मलाई लाग्दैंन । म कलाकार साथैं विद्यालयमा डान्स पनि सिकाउछु सगैं विभिन्न कल्चर कार्यक्रमहरु पनि चलाउँछु त्यसैले म मेरो आफ्नो सन्तानको पेट राम्रैसँग पाल्न सक्छु ।

९.कति बर्ष भयो हाँस्यक्षेत्रमा लाग्नुभएको ?
म हाँस्यक्षेत्रमा लागेको मेरी बास्सैं सुरु भएको बेला देखी नै हो ।

१०.अब आगामी दिनमा के गर्ने विचारमा हुनुहुन्छ ?
म रियल लाइफमा चाहि यहि हो हाँस्यक्षेत्रलाई निरन्तरता दिन्छु,स्टेज कार्यक्रममा सहभागी हुन्छु ।

११.हाँस्य कलाकारिताक्षेत्रमा आउँन चाहानेहरुका लागी के भन्न चाहानुहुन्छ ?
जो मानिस कलाकारितामा आउँन चाहान्छ उसमा मुख्यत धर्म धारण गर्ने शक्ति हुनुपर्छ । धर्य,अनुशासन र लगनशिलता भयो भने यो क्षेत्रमा काम गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१