एनआरएन अमेरिकाको पहिलो बैठक सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार १०:२६

अमेरिका,३२ जेठ । एनआरएन एनसिसी अफ अमेरिकाको पहिलो बैठक मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न भएको छ । बैठकमा समिरा सिवाकोटीको हत्यारा यथा सिघ्र छिटो पत्ता लगाउन पहल गर्ने तथा पीड़ित परिवारलाई क्षतिपूर्तिको समेत पहल गर्ने बैठकले पारित गरेको छ। सो बैठकमा कार्य समितिले छोटो तथा लामो समय मा आफूले गर्ने कामको बार्षिक कार्यक्रम तथा अध्यक्ष डा.केशव पौडेलले बनाएका घोषणापत्र बमोजिमको बनाएको कार्यपत्र समेत पारित गरिएको थियो । बैठकमा कार्य समितिको अनुशासनका बारेमा आचार संहिता लागु गर्ने निर्णय गरिएको छ भने हालै भएको चुनावको विषयमा भएका विवाद टुंगो लगाउन डा.पौडेलको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाइएको छ ।

nrn nccबैठकले नेपालमा गएको महा-भूकम्पले ल्याएको बिनाशको पूनर्निर्माण सम्बन्धि राहत संकलन गर्न अमेरिकाको बिभिन्न प्रमुख राज्यहरूमा अमेरिकाकै बिभिन्न कम्पनि तथा संघ संस्थासंग आह्वान गर्ने निर्णय गरेको छ । बैठक टेक्सास राज्यमा केहि दिन अगाडी मात्र अज्ञात ब्यक्ति द्वारा हत्या गरिएकी समिरा सिवाकोटी तथा भूकम्पमा परी मृत्युहुने सम्पूर्ण नेपालीहरु प्रति आत्माको चीर शान्तिको कामना गरिएको थियो । बैठक सकिए लगत्तै टाउन हल मिटिंग कार्यक्रम बिभिन्न संघ संस्थाका प्रतिनिधि,व्यापारी बुद्दीजिबी ,पत्रकार लगायत बाल्टिमोर ,भर्जेिनिया, डिसि ,न्युयोर्कबाट समेत उपस्थित विशाल जन समुदाय माझ भव्य सम्पन्न भएको थियो । एन आर एन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष जेदु पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रममा बोल्दै महामहिम राजदूत डा.अर्जुन कार्कीले एनआरएन एनसिसी अमेरिकासँग आफू नेपालको पुनर्निर्माणका लागि हातेमालो गर्दै अगाडि बढ्ने धारणा ब्यक्त गरे । त्यस्तै एनआरएन आइसिसिका संस्थापक उपाध्यक्ष डा.श्याम कार्किले आफूले संधै सत्यको साथ दिने भन्दै यो कार्य समितिले नेपालको पुनर्निर्माणमा जुटनु पर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१