भूकम्प पिडितको सहयोगार्थ धुर्मुस सुन्तलीको घर बिक्रीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार १८:२०

कल्पना दंगाल

24  काठमाडौँ  । हाँस्य कलाकार सिताराम कट्टेल ( धुर्मुस) र कुन्जना घिमिरे (सुन्तलि )दम्पतीले  काठमाडौँ खुमलटारमा  आफु बसिरहेको  घर बेचेर भूकम्प पिडितको सहयोग गर्ने भएका छन् । काभ्रेपलान्चोक जिल्लाको अति विकट आदिबासी पहरी वस्तीमा २० वटा अत्याधुनिक नमुना घर बनाउनका लागि आफ्नो घर बेच्न लागेको उनीहरुले  बताए । पाँचखाल वडा नम्बर १६ स्थित उक्त आदिवासी वस्तीमा ध्रुर्मुस सुन्तलीले २० वटा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने छन् ।

पहरी ५९ आदिवासी जनजाति मध्येको एक हो । यस पहरी जातिलाई सीमान्तकृत जातिको रुपमा चिनिन्छ ।

 

धुर्मुसले आफु बसिरहेको घर तुरुन्त बिक्रि भएमा आफुलाई भूकम्प पिडित  वस्तीमा तुरुन्त काम संचालन गर्न सहज हुने बताए  । उनले भने ‘मलाई तुरुन्तै घर किन्ने मनिस चाहिएको छ ,म छिटो भन्दा छिटो उक्त ठाउमा पुग्न चाहन्छु ‘।

 

घर बेचेर आफु चाही कहाँ बस्नु हुन्छ नि भन्ने राष्ट्रिय खबरको प्रश्नमा उनले भने ‘ अहिले जो पिडामा छन उनीहरुकै मायाले मैले काठमाडौँमा घर बनाए अहिले उनीहरु पिडामा छन अब म पनि महलमा बस्न मिल्दैन यो मेरो धर्मले दिदैन् । हिजो जहाँ थिए आज त्यहि फर्कनु पर्ला भन्ने डर मलाई अलिकति पनि छैन ।’म घर बेचेर पनि आफ्नो बाचा पुरा गर्छु ‘। उनले भाबुक हुदै भने ।’ उनले भने म अहिले घर किन्ने मानिसको खोजीमा छु ,हामीले धेरै सोचेर नै यो निर्णय गरेका हौ ।

भूकम्प अघि अमेरिका पुगेको धुर्मुस सुन्तलीको जोडी भूकम्प पश्चात देश रोएको बेला हसाउन सक्दैनौ भन्दै नेपाल फर्किएको थियो । अमेरिकाबाट फर्केपछि यो जोडी नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ र ललितपुर पुगिसकेको छ । ‘एक छाक खान नपाउँदा हुने पीडा मलार्इ राम्रो थाहा छु, भावुक हुँदै धुर्मुसले भने, ‘गरिबीको पीडा पनि राम्ररी थाहा छ, त्यसैले महाबिपत्तिमा सकेको सहयोग गर्नु कर्तव्य सम्झी होमिएको छु । म किसानको छोरो हुँ ,हिजो छाप्रो बाटै आएको हुँ फेरी छाप्रो मै बस्छु तर मानव भएर बाँच्छु ‘ उनले गर्वका साथ भने । ’

उनले आफ्नो घर किनेर सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

उनीहरु काखेछोरी अरुलार्इ छाडेर दिनरात खाद्यन्न, पाल, म्याट, डाक्टर र औषधीसमेत लिएर राहत नपुगेका ठाँउमा पुगिरहेका छन् ।

नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चेक, ललितपुर, भक्तपुर, काठमाडौं आसपासका प्रभावित क्षेत्रहरुमा पहिलो चरणको राहत वितरण कार्यक्रम समापन गरी दोेस्रो चरणको कार्यक्रम शौचालय निर्माण र आवश्यकताअनुसार अस्थायी टहरा निर्माणमा धुर्मुस–सुन्तलीको नेतृत्वमा मेरी बास्सै, भद्रगोल र सगुन डटकम जुटेका थिए  ।

सरसफाई दूत रहेका यी जोडीसँगै हास्य कलाकार सुरेन्द्र केसी (मुला साग ) समेत यो अभियानमा छन् । उनीहरुले नुवाकोट ओखरपौवा–५, कुलेगाँउ र ठुलेचित्रेमा भत्किएका विद्यालय बनाएका थिए  ।  उनीहरुले उक्त  विद्यालयकाे शाैचालय पनि बनाएको बताएका छन्  । भूकम्पबाट अतिप्रभावित जिल्लामा पहिलो अभियान अन्र्तगत राहत वितरणपछि विद्यालय भवन निर्माण उनीहरु लागेका हुन् ।

यस्तै भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकको धेरै प्रभावितमध्येको एक पिपलडाँडाको दलित वस्तीमा पनि शौचालय निर्माणमा यी दम्पतीले ठुलो सहारा दिएका थिए  । unnamed2

33

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१