यस्तो छ नेपाली नायिकाको मासिक खर्च (विवरण सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार १६:०५

चलचित्रको पर्दामा आफुलाई आकर्षक बनाउनका लागी वा देखाउनका लागी भए पनि हजारै देखी लाखौं खर्च गर्छन नेपाली नायिकाहरु । भोलीको दिनमा पनि आफुको माग भइरहोस भन्नका लागी नायिकाहरुले हजारै रुपैयाँ आफनो सुन्दरताका लागी खर्च गर्ने गर्दछन् ।

सामान्य नागरिकलाई मात्र होइन राष्ट्रियस्तरका कलाकारलाई पनि काठमाडौंमा दैनीक खर्च टार्न निकै गाह्रो पर्ने भए पनि नेपाली हिरोइनहरुको कुरा गर्ने हो भने सबैको आकर्षणको केन्द्रमा रहने उनीहरु महंगो जीवनशैली ब्यथित गर्न बाध्य छन् । नेपाली सिने नगरिमा आफुलाई स्थापित गराइसकेकी नायिका झरना थापाको दैनीक जीवन निकै महंगो छ । उनी आफै कार हाक्छिन् । पोस्टपेड मोबाइलमा पनि उत्तिकै खर्च हुन्छ । त्यसबाहेक साथी, पाहुनासंगको भेट घाटमा उनी दिल खोलेर खर्च गर्छिन् । उनको बढि मात्रामा गाडिमा खर्च हुन्छ । गाडीपछि उनी आफुलाई सुन्दर देखिनमा खर्च गर्छिन । त्यसैगरी डे«सअपमा,सपिङ,फोनमा उनको बढि खर्च हन्छ ।

neetaझरना पछि अर्की नायिका हुन निता ढुंगाना । उनको गाडीमा धेरै खर्च हुन्छ । केहि बर्ष अगडी स्कुटरमा दुर्घटना भएपछि उनी आजकाल ट्याक्सीमा हिड्छिन । नीता भन्छिन् ‘एकचोटी ट्याक्सि चढ्दा कम्तीमा पाच सय खर्च हुन्छ । औसतमा हिसाव गर्दा पनि ट्याक्सी भाडामा मेरो मासिक १८ देखि २० हजार खर्च हुने गरेको छ ।’ ट्याक्सी भाडा पछि नीताको डे«सअपमा पनि निकै खर्च हुने गरेको उनी बताउछिन् । उनको ड्रेसअपमा पनि उनको मासिक दश हजार सम्म खर्च हुन्छ । ब्युटी पार्लरमा पनि उनले महिनामा निकै खर्च गर्ने गरेको उनको भनाइ छ । प्रिपेड मोबाइलमार्फत उनले नेपाल टेलिकमलाई मासिक आठ हजार सम्म तिर्ने गरेको निता बताउछिन् । निता पछि अहिलेको सिने नगरीमा आफुलाई निकै राम्रो अभिनय गर्न सक्ने नायिकाको रुपमा स्थापित गराएकी नायिका हुन केकी अधिकारी । आफनो लागी केहि नगरे जस्तो लागे पनि आफनै लागी मात्र महिनाको चालिस हजार जति खर्च हुन्छ । केकीको ‘स्कुटीमा सातआठ हजार, मोबाइलमा पनि सातआठ हजार, पार्लर र फिटनेशमा पन्ध्र हजार,डेसअपमा दश हजार महिनामा खर्च हुने गरेको उनको भनाइ छ । केकी साथीबहिनीहरुसंग फिल्म हेर्न जादा भने दिल खोलेरै खर्च गर्छिन् । त्यसपछि उनको खर्च सजावटका समान किन्दा पनि निकै पैसा खर्चिने बताउछिन् ।

आफुलाई सिम्पल मन पर्ने बताएपनि नायिका अनु शाह स्कुटरमा मात्र मासिक पन्ध्र हजारसम्म खर्च हुने बाउछिन्। स्कुटरपछि उनी रिचार्ज कार्डमा बढि पैसा खर्च हुने गर्छ । दिनहु जसो रिचार्ज गर्दा मासिक दश हजार जति खर्च हुन उनको भनाइ छ । सामान्य सजावटमा हिड्ने गरेकी भए पनि मन परेका डेस किन्नमा उनको मासिक दश हजार रुपैया खर्च हुने गरेको छ । त्यसैगरी, सौन्दर्य प्रसाधन किन्न तथा पार्लर गएर अनेकथरी बिधि प्रयोग गर्दा सात हजार जति खर्च हुने उनी बताउछिन् ।

त्यसपछि नायिका बेनीशा हमाल भने खर्चको मामलामा किफायती छिन् । आफु नचाहिने कुरामा खर्च गर्ने बताउछिन् । स्कुटरमा हिड्ने गरेकी उनी फ्युल खर्च मासिक तीन हजारले पुग्ने बताउछिन् । त्यसैगरी मोबाइलमा उनको मासिक तीन हजारसम्म खर्च हुने गरेको छ । डे«सअपमा भने उनी निकै चुजी छिन् । त्यसकारण यो शीर्षकमा भने उनको राम्रै खर्च हुने गरेको छ ।‘कुनै डेस मन पर्यो भने किनीहाल्ने उनको भनाइ छ । मलाई जुत्तामा बिशेष रुचि लाग्छ त्यसकारण मनपरेको जुत्ता जति महंगो भए पनि किनीहाल्ने उनले बताइन् । सुन्दरता कायम राख्न भने मासिक सात हजारसम्म खर्चिने बताउछिन् । रेष्टुरेन्टमा जमघट गर्दा पनि एकचोटीमा तीनचार हजार खर्च हुने भएकाले त्यसको मासिक हिसाव आफु सगँ नरहेको बताउछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१