श्रीपशुपतिनाथ फाउन्डेशन र साउदर्न क्यालिफोर्नियाद्वारा जस्ता पाता वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार १०:५९

andनुवाकोट, ३१ जेठ । श्रीपशुपतिनाथ फाउन्डेशन युएसए तथा साउदर्न क्यालिफोर्निया समाजले नुवाकोट जिल्लाका थानसिंग, मदनपुर, खानी गाउ, सुर्यमति, भाल्चेको काउले गा.बि.स.का २५० घरलाई एक-एक बन्डलको दरले जस्ता पाता वितरण गरेको छ । हस्तान्तरण कार्यक्रम नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो । सहायता वितरण कार्यक्रम ब्यबस्थित रुपमा संचालन गर्नको लागि श्रीपशुपतिनाथ फाउनडेशन युएसए तथा साउदर्न क्यालिफोर्निया समाजका नेपाल स्थित संयोजक हेमराज भट्ट, सदस्यहरु जीवन पाण्डे र प्रदिप सेढाई तथा नुवाकोटका स्थानीय संस्था श्री ग्रामिण बिज्ञान र प्रबिधि अनुसन्धान केन्द्रका श्री नवराज पाण्डेले वितरण कार्यक्रमको संयोजन गर्नु भएको थियो । श्रीपशुपतिनाथ फाउनडेशन युएसए तथा साउदर्न क्यालिफोर्निया समाजले नुवाकोटमा जस्तापाता वितरण गर्ने कार्य ब्यबस्थित रुपमा संचालन गर्न रामबाबु पाण्डेलाई नुवाकोट स्थित प्रतिनिधि छनौट गरेको थियो । नेपाल स्थित संयोजक हेमराज भट्टले बताउनु भए अनुसार दोलखामा केहि दिन भित्रमा जस्तापाता वितरण गर्ने कार्यको लागि त्यस तर्फ प्रस्थान गर्न लागेको बताउनु भएको छ ।

-उपेन्द्र सापकोटा,लस एन्जल्स

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१