अमेरिकाले दैनिक ९० लाख डलर खर्च गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १४:११

imageएजेन्सी । इस्लामिक लडाकु समूह आइएस विरुद्ध लड्न अमेरिकाले दैनिक ९० लाख डलर खर्च गर्ने तथ्य सार्वजनिक भएको छ । सो समूह विरुद्ध लड्न विभिन्न राष्ट्रलाई सैन्य सहयोग गर्दै आएको अमेरिकाको खर्च सबैभन्दा बढी लडाकु विमानको इन्धनमा खर्च हुने गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले आइएस विरुद्ध सिरिया र इराकमा हवाई हमला जारी रहेकाले दैनिक खर्चको एक तिहाई बजेट लडाकु विमानमा खर्च हुने बताएको छ । अमेरिकी संसदले रक्षा मन्त्रालयको ५ सय ७० अर्ब अमेरिकी डलर बराबरको खर्च पास गर्दै आइएसविरुद्धको लडाइँमा अत्यधिक खर्च गर्न रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत अगष्टदेखि अमेरिकाले आइएसविरुद्ध इराकमा कारबाही थाले यता रक्षा मन्त्रालयको खर्च उल्लेखनीय रुपमा बढेको छ । सो समूहविरुद्ध चलाएको ९ महिने अभियानमा आइएसका १० हजार लडाकु मारिएकाले ठूलो सफलता हात पारेको अमेरिकाले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१