विवाद सल्टाई सबै पक्षलाई समेटी अघि बढ्यौं : सोनाम लामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १२:२१

अमेरिका,२९ जेठ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्मन्वय परिषद्, संयुक्त राज्य अमेरिकाको निर्वाचनमा अनियमितता भएको भन्दै एनआरएन अमेरिका विवादमा तानिएको छ । त्यहि क्रममा गैर आवासीय नेपाली सङ्घ (आईसीसी) का सह क्षेत्रीय संयोजक सोनाम लामाले एनआरएन अध्यक्ष डा.केशव पौडेललाई हाल देखिएको विवाद सल्टाई सबै पक्षलाई समेटी अघि बढ्न सुझाव दिएका छन् ।

sonam lamaविवाद वढ्दा कानुनी झमेला पनि आउन सक्छ यो एनआरएन अमेरिकाको हितमा हुदैंन त्यसैले एनआरएन अमेरिकाको कार्यसमितिले निर्वाचनसंग जोडिएका विवाद सल्टाउन पहल गर्नु पर्छ लामाले भने । लामा र डा. पौडेल बिच बुधवार साँझ टेलिफोन वार्ता भएको थियो । उक्त वार्ताका क्रममा लामाले विवाद सल्टाएर अघि बढ्न डा पौडेललाई सुझाव दिएका थिए । डा पौडेलले भने लामालाई शनिवार वाल्टिमोरमा आयोजना हुन लागेको एनआरएन अमेरिकाको टाउन हल बैठकमा आउन आग्रह गरेका थिए ।

एनआरएन अमेरिकाको केही साता अघि भएको निर्वाचनमा धांधली भएको पराजित उम्मेदवारहरुले उजुरी गरेका थिए । यही क्रममा एनआरएन आईसीसीले अमेरिकाका क्षेत्रीय संयोजक नवराज गुरुगं र सह संयोजक लामालाई यसबारेमा छानविन गरी पठाउन भनेको थियो । यही क्रममा लामाले एनआरएन अमेरिका अध्यक्ष भन्ने सम्बोधन नगरी डा.पौडेललाई नवनिर्वाचित कार्यसमितिलाई सम्पूर्ण काम कारबाही रोक्न भनेपछि विवाद आएको थियो ।

आगामी जुन १३ तारिखमा एनआरएन अमेरिकाको कार्यक्रम बाल्टिमोरमा हुने र त्यहाँ अमेरिकाका लागि नेपालका नव नियुक्त राजदुत पनि सहभागिता हुने बताइए पनि कार्यक्रम हुने नहुने बारेमा अन्यौल कायमै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१