एनआरएन अमेरिकाले आफ्नो कामहरुलाई यथावत गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १२:००

अमेरिका,२९ जेठ । गैर आबसिय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिसद अमेरिकाले (एनआरएन अमेरिका)ले आफ्ना कामहरुलाई यथावत गर्ने भएको छ । एनआरएन अमेरिकाको सोमबार साँझ भएको बैठकले यस्तो निर्णय गरेको हो । एनआरएन अमेरिकाको कार्य समिति बैठकमा यस बारेमा सामान्य छलफल भएको र विवादलाई गम्भीर रूपमा नलिएको स्रोतले बताएको छ ।  एनआरएनको सर्वोच्च निकाय एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका जिम्मेवार पदाधिकारीसँग समेत परामर्श पनि गरिएको थियो । यस्तो पत्र पठाउनु गलत भएको र काम यथाबत गर्न एनआरएन अमेरिकालाई आसिसिले अनुरोध गरेको स्रोतले बताएको छ ।

nrn_icc20140926001010101एनआरएन अमेरिकाले बाल्टिमोर घोषणा गरेको कार्यक्रम पनि यथावत छ । निर्वाचनमा धाधली र अनियमिता भएको विषयमा उजुरी परे पछि एनआरएन अमेरिका विवादमा आएको थियो । मतगणना पछि पराजित उमेम्द्वारले धाधली भएको आरोप लगाएका थिए । सोनम लामाले निर्वाचनमा भएको धाधलकिो छानविन नभएसम्म कुनैं पनि कार्यक्रम नगर्न,बैंक खाता सञ्चालनमा कुनै पनि गतिविधि नगर्न र एनआरएनको कुने पनि कामकाज नगर्न उजुरी दिनुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१