​इजिप्टमा ११ जनालाई मृत्युदण्डको सजाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७२, बिहीबार १०:५८

एजेन्सी । फुटवल प्रतियोगिता जारी रहेको अवस्थामा हिंसा भड्काएको अभियोगमा इजिप्टको एक अदालतले ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । इजिप्टको पोर्टसेड रङ्गाशालामा सन् २०१२ फेब्रुअरी २ मा दुई वटा फुटवल टिमका समर्थकबीच झडप हुदा ७४ जनाको मृत्यु भएको थियो ।

refसोही घटनामा संलग्न रहेको अभियोगमा अदालतले ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । सोही अभियोगमा अन्य ४० जनालाई १५ बर्षसम्मको जेलसजाय तोकिएको छ । रङ्गशालामा भएको झडपमा ७४ जनाको मृत्यु भएपछि त्यसको बिरोधमा राजधानी कायरोको विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा समेत हिंसा भड्कीदा अन्य १६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१