सिर्जनशील नेपाली समाज अमेरिकाको भूकम्पपीडितलाई आर्थिक सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७२, बुधबार १०:५८

अमेरिका,२७ जेठ । सिर्जनशील नेपाली समाज (CNS) Houston, Texas USA ले नेपाल भूकम्प पिडितहरुका लागि संकलित राहत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। समाजले नेपाल भूकम्प पिडितहरुका लागि संकलित राहत रकम हस्तान्तरण कार्यक्रम एक भब्य कार्यक्रमकाबीच ६ जून २०१५ ( शनिवार)का दिन सम्पन्न गरेको हो। पन्चकन्या (Anshu, Susmita, Sandhya, Jigyasha,उषा) द्धारा फूलको गुच्छाले प्रमुख अतिथिको स्वागत पश्चात संस्थाका सचिव केशब भुषालको संचालन र अध्यक्ष उमापति भुसालको अध्यक्षतामा प्रारम्भ भएको उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा. अर्जुन कार्की प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको बीचमा संस्थाका अध्यक्ष लगायतका पदाधिकारीद्वारा सामुहिक रुपमा $24,501.00 US Dollars (पच्चीस लाख रुपियाँ) को चेक कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा. अर्जुन कार्की मार्फत प्रधानमन्त्री राहत कोष (Prime Minister’s Disaster Relief Fund)लाई हस्तान्तरण गर्ने काम सम्पन्न भयो।

sirjanकार्यक्रममको अवसरमा प्रमुख अतिथि महामहिम राजदूत डा. अर्जुन कार्की र संस्थाका अध्यक्ष उमापति भुसालद्वारा संयुक्त रुपमा दाताहरुलाई प्रशंसा-पत्र वितरण गर्ने काम सम्पन्न भयो जसले दाताहरुलाई उत्साहित बनाएको थियो। आफ्नो उद्घाटन मन्तव्यको क्रममा प्रमुख अतिथि डा. अर्जुन कार्कीले राजदूतको प्रमुख कार्य सम्बन्धित देशसंग नेपालको कुटनैतिक सम्बन्ध स्थापना , विस्तार र विकास गर्नुको साथै प्रवासमा रहेका नेपाली Diaspora लाई आवश्यक सहयोग र संरक्षण गरि नेपालसंगको सम्बन्ध स्थापित गर्न सेतुको रुपमा काम गर्नु भएको भएपनि देशले अहिले ठुलो विपत्तिको सामना गर्नुपरेको यस अवस्थामा नेपाल र नेपालीको स्वाभिमानमा आंच नआउनेगरी विभिन्न दाताहरुसंग राहतका लागि आग्रह गर्नुपर्ने जिम्मेवारी थपिएको छ।

हामी सहयोगको राशी भन्दापनि भावनालाई बढी महत्व दिन्छौं किनकी भावनासहितको सहयोग सानो भएपनि त्यो सहयोग दिगो र बढी मुल्यवान हुन्छ भन्नुभयो ।अमेरिकाको कानुन अनुसार दर्ता भई संचालन भएका सामाजिक संघ -संस्थाहरुलाई निकै सतर्कताका साथ् बुझेर मात्र संचालन गर्न समेत उहाँले आग्रह गर्नुभयो ताकी भोलि कानुनी झन्झट बेहोर्न नपरोस। राजदूत कार्कीले ब्यस्त समयका बाबजुद संस्था संचालन गरि यस प्रकारका परोपकारी काममा जुट्नु निकै महत्वपुर्ण कार्य भएको बताउदै यस्ता कार्यक्रमबाट स-साना बाबुनानीले राम्रा कुरा सिक्ने मौका प्राप्त भन्दै यस अभियानमा लाग्ने सम्बन्धित सबैलाई धन्यबाद दिनुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१