विश्वको तेस्रो ठूलो बैंकले कर्मचारी कटौती गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १३:५९

hsbcएजेन्सी । युरोपको सबैभन्दा ठूलो HSBC  बैंकले विश्वभरका आफ्ना शाखाबाट २५ हजार कर्मचारी कटौती गर्ने  भएको छ । लागत घटाउन तथा व्यापार सरलीकरण गर्ने भन्दै बैंकले यस्तो योजना बनाएको विविसीले जनाएको छ । लण्डनस्थित बैंकको केन्द्रीय  कार्यालयबाट मात्रै ८ हजार कर्मचारी कटौती गरिने भएको छ । विश्वको तेस्रो ठूलो बैंकको रुपमा परिचित HSBC ले विश्वभर २ लाख ६६ हजारलाई रोजगारी दिइरहेको छ । बैंकको मुख्य कार्यालय यो वर्षको अन्त्यसम्म अन्यत्र सार्ने तयारी समेत भइरहेको बैंकले जनाएको छ । सो बैंकको युरोप, अफ्रिका, अमेरिका, एसियामा गरी ८० राष्ट्रमा ६ हजार ६ सय वटा शाखा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१