अति प्रभावित विद्यार्थीका लागि पुनः परीक्षा हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७२, सोमबार ११:४७

काठमाडौं,११ जेठ । विनाशकारी महाभूकम्पका कारण अति प्रभावित विद्यार्थीका लागि उच्चमाध्यमिक शिक्षा परिषदले पुनःपरीक्षा गर्ने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा जेठ २० गते र कक्षा ११ को परीक्षा असार १ देखि तोकेर कार्यतालिका आएपछि भूकम्पका कारण अति प्रभावित विद्यार्थीले विरोध गरेका थिए । हाललाई भूकम्पबाट अतिप्रभावित ७ जिल्ला दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोर्खा र रामेछापमा परिस्थिति सामान्य नहुन्जेल परिषदका सबै परीक्षा स्थगित गरिएको हो ।

eduपरिषदले अति प्रभावित ७ जिल्लासँगै अन्य जिल्लाका भूकम्पका कारण घरबारविहीन भएका, आमाबुवा गुमाएका, मानसिक रुपमा विक्षिप्त, आर्थिक रुपमा क्षति भएका, हातखुट्टा गुमाएका, घाइते भएका विद्यार्थीको पनि परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको परिषदका उपाध्यक्ष चैतन्य मिश्रले जनाए । उपाध्यक्ष मिश्रका अनुसार पीडित विद्यार्थीले जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिस, डाक्टरको सिफारिस र आफ्नो सम्बन्धित प्लस टुको सिफारिससहित निवेदन दिनुपर्छ । परिषदले कक्षा ११ को परीक्षा दिएर १२ मा जानेका लागि समेत अभिभावक गुमाएका घरबारविहीन अनाथ विद्यार्थीका लागि कक्षा १२ को शिक्षा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१