भूकम्पले धादिङमा तीन सय १८ विद्यालयमा क्षति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार १०:१८

काठमाडौं,६ जेठ । भूकम्पले धादिङमा तीन सय १८ विद्यालय भत्किएका छन् । पाच सय ९७ विद्यालय मध्ये तीन सय १८ विद्यालयका २७ सय कक्षा कोठामा विद्यार्थी बस्नै नहुने गरी भत्किएको शिक्षा अधिकारी गणेश ढकालले बताए । अन्य विद्यालयको कक्षा कोठा पनि चकिएका छन् । जेठ १ देखि पठन पाठन हुने भनिएपनि कक्षा कोठा नभएकोले पढाई प्रभावित हुने देखिन्छ ।

schoolअधिकांश विद्यालयका भवन भत्किएका छन् । नभत्किएका विद्यालयको भवन पनि चकिएर विद्यार्थी राख्ने अवस्थाको छैन । जिल्लाका ८० हजार विद्यार्थी मध्ये ६० प्रतिशत विद्यार्थीको प्रभावित हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१