गुगलमा खोज्नुस् हराएको मोबाइल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७२, सोमबार १२:१४

mobileयदी तपाईको एण्ड्रोइड फोन हरायो या घरमा छुट्यो तर, घरमा छुटेको याद छैन् भने सर्च इन्जिन गुगलले स्मार्टफोन खोज्नका लागि तपाईको मद्धत गर्न सक्छ । गुगलले एक ब्लग पोष्टमा जो कोहीले पनि डेस्कटपमा गुगल सर्चको प्रयोग गरेर यो काम गर्न सक्ने जनाएको छ । यसका लागि स्मार्टफोन हराएको व्यक्तिले ‘फाइन्ड माई फोन’ टाइप गरेर सर्च गर्नुपर्ने हुन्छ । यसरी सर्च गरेपछि फोनको अवस्थितिबारे गुगलले जानकारी दिनेछ र मोबाइल रहेको स्थान पत्ता लाग्नेछ । तर, यसका लागि स्मार्टफोन हुनुपर्ने र उक्त स्मार्टफोनमा गुगल एपको नयाँ भर्जन हालेको हुनुपर्छ । साथै उक्त स्मार्टफोनमा लोकेशन सेवा पनि सुचारू गरेको हुनुपर्छ, जसले गर्दा गुगलले हराएको फोन खोज्न सकोस् । यसको प्रयोग गरेर चोरी भएको मोबाइल लक गर्न सकिनेछ भने मोबाइलमा रहेको डाटा पनि डिलिट गर्न सकिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१