यस्तो सफ्टवेयर,जसले थाहा दिन्छ भुकम्पीय जोखिमको सुचना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार ११:३२

भुकम्पीय जोखिमबारे थाहा पाउन सकिने सफ्टवेयर पहिलो पटक नेपालमा भित्रिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग र युएन ह्याविट्याटको आयोजनामा भएको एक कार्यक्रममा सफ्टवेयर सार्वजनिक गरिएको हो । सफ्टवेयर मार्फत नेपालका विद्यालय र अस्पतालमा भुकम्पीय सुरक्षा कतिको छ भनेर थाहा पाउन सकिने विभागले जनाएको छ । विद्यालय र अस्पतालामा बढी भिडभाड हुने भएकाले जोखिम न्यूनीकरणका लागि सफ्टवेयर लागु गरिएको हो । यो सफ्ट्वेयर विभागको कार्यालय मार्फत निःशुल्क रुपमा पाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१